काठमाण्डो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमाथि लगाइएको रेसिप्रोकल ट्यारिफका कारण अमेरिकी सेयर बजारमा आएको ठूलो गिरावटबारे प्रतिक्रिया दिएका छन् । ट्रम्पले केही अवस्थालाई राम्रो बनाउनका लागि कहिलेकाही केही कदमहरु चाल्नुपर्ने बताएका छन् ।
उनले मिडियालाई भने, ‘म कुनै पनि कुरामा गिरावट चाहन्न, तर कहिलेकाहीँ केही कुरा राम्रो बनाउन औषधि लिनु पर्छ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा भन्सार शुल्क लगाउने घोषणा गरेपछि अमेरिका लगायत विश्वभरका सेयर बजारमा ठूलो गिरावट आईरहेको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण अमेरिकामा रोजगारी र लगानी फिर्ता आउने दाबी गरेका छन् । यस्तै उनले विश्वले चाँडै अमेरिकालाई नराम्रो व्यवहार गर्न छोड्ने समेत बताएका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                