आईतवार, आश्विन २५,२०८३ 01:39:50
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:39:50
Bizshala
Global IME Bank Limited

अब रु १० लाखमै ईभी ट्याक्सी किन्न पाईने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

Bizshala
अब रु १० लाखमै ईभी ट्याक्सी किन्न पाईने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर
New Office

काठमाण्डौ । नेपालको विश्वासिलो ट्याक्सी फ्लीट मेट्रो अनलाइन ट्याक्सीले सरल किस्ताबन्दीमा नयाँ ट्याक्सी किन्न पाउने गरि विशेष अफर ल्याएको छ।

इजि एस्योरेन्स प्रालिअन्तर्गत रहेको मेट्रो अनलाइन ट्याक्सीले नेपाल सरकारको नियम अनुसार, २० वर्ष अवधि पूरा गरेका जुनसुकै ट्याक्सीहरुको सट्टामा सोधभर्ना सुविधाअन्तर्गत तथा इभी ट्याक्सी सञ्चालन गर्नुपर्ने भएको हुँदा पुराना ट्याक्सीधनीलाई लक्षित गर्दे सरल तथा सजिलो ट्याक्सी किस्ताबन्दी कार्यक्रम सञ्चालनमा ल्याएको हो।

‘देशमा रहेको बेरोजगारी समस्या र युवाको बढ्दो विदेश पलायनलाई रोक्ने लक्ष्य बनाएर हामीले यो इभी ट्याक्सीमा किस्ताबन्दी अफर ल्याएका हौं,’मेट्रो अनलाइन ट्याक्सीका अध्यक्ष संजित पौडेलले भने, ‘यसले देशभित्रै आत्मनिर्भर हुने र नियमित आम्दानीको अवसर दिनेछ।’

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

यसले वायु प्रदुशण न्यून गर्नुका साथै स्वच्छ उर्जाको प्रवर्द्धन गर्ने सरकारी नीतिलाई सहयोग पुग्नुका साथै ट्याक्सी चालकहरुलाई समेत आर्थिक लाभ हुने उनले बताए।

मेट्रो अनलाइन ट्याक्सीले ल्याएको अफरमा १० लाख रुपैयाँ डाउन पेमेन्ट तिरेपछि किस्ताबन्दीमा ट्याक्सी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। त्यस्तै, नेपाल सरकारको मापदण्डभित्र रहेका जुनसुकै ब्रान्डका इभी ट्याक्सीहरु यस योजना अन्तर्गत लिन सकिने व्यवस्था मिलाइएको छ।

CG Motors
Muktinath Bikas Bank Limited

यस किसिमको किस्ताबन्दी सुबिधा विभिन्न बैंक तथा वित्तीय संस्था तथा गाडी कम्पनीहरुसँगको सहकार्यमा संचालनमा ल्याईएको हो।

आधा दशकदेखि नेपालमा ट्याक्सी व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना भएको सेवाप्रदायक कम्पनी मेट्रो अनलाइन ट्याक्सीले एउटै छानामुनि ट्याक्सी सम्बन्धी सम्पूर्णसेवाहरु प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले किस्ताबन्दीमार्फत किनेका ट्याक्सीहरुलाई नियमित मर्मत सम्भार सेवामा विशेष छुट समेत प्रदान गर्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.