TRENDING
ट्रम्पको ट्यारिफका कारण पाकिस्तानमा आईफोनको मूल्य १० लाखसम्म पुग्ने !
- विश्व अर्थतन्त्र
 - बुधबार, चैत्र २७,२०८१ 09:06:42
 
                                
                                        काठमाण्डौ । अमेरिका र चीनले एकअर्कामाथि लगाएको करका कारण विश्वभरका जनताको दैनिक जनताको दैनिक जीवनस्तर प्रभावित हुने भय सर्वत्र व्याप्त छ । यसको उदाहरण स्मार्टफोन कम्पनी एप्पलको लोकप्रिय उत्पादन आईफोनलाई लिन सकिन्छ । 
विज्ञहरुका अनुसार नयाँ ‘ट्यारिफ वार’का कारण आईफोन अब निकै महँगो हुनसक्छ । व्यापार कर वा ट्यारिफहरू सेवाहरू नभई वस्तुहरूमा लगाइएका छन्। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका आयात हुने सामानमा कर लगाएका छन् । आईफोन जस्ता धेरै अमेरिकी उत्पादनहरू चीनमा बन्ने गर्छन । आयातित वस्तुमा लगाइएको करलाई विश्व व्यापार प्रणालीमा ठूलो धक्का मानिएको छ ।
                                                                                                                                                                            
                                                                                                                                                                                                                        
    
        
    
                                                                                                                                                                                                                            
    
        
    
                                                                                                                                                                                                                            
    
        
    
                                                                                                                                                                                                                                                                                
                                                                                                                                                                                    यदि एलन मस्कको कम्पनी टेस्ला वा एप्पलको आईफोनको कुरा गर्छौं भने, यी अमेरिकी उत्पादनहरू प्रायः चीनमा बनेका हुन्छन्। अमेरिकाले चीनमाथि कुल ५४ प्रतिशत अतिरिक्त कर लगाएको छ । यदि यी शुल्कहरू लागू रह्यो भने, एप्पल जस्ता कम्पनीहरूसँग दुईवटा मात्र विकल्प हुनेछ । या त आफैले घाटा व्यहोर्ने वा उपभोक्ताहरूलाई बोझ दिने।
डोनाल्ड ट्रम्पले करको घोषणा गरेपछि बिहीबारसम्म एप्पलको सेयरको मूल्य ९।३ प्रतिशतले घटेको छ। यो मार्च २०२० यताकै न्यून स्तरमा छ। एप्पलले हरेक वर्ष २२ करोड आईफोन बिक्री गर्छ । अमेरिका, चीन र युरोप यसको सबैभन्दा ठूलो खरिदकर्ता हुन्।
                                                                                                                                                                                
                                                                                                                                                                                                                        
    
        
    
                                                                                                                                                                                                                            
    
        
    
                                                                                                                                                            
                                                                                                                                                                                    तर यस बाहेक भारत र पाकिस्तान जस्ता धेरै एशियाली देशहरूमा पनि ठूलो संख्यामा मानिसहरूले यसलाई किन्छन्। यदि एप्पलले उपभोक्ताहरूमा ट्यारिफको बोझ थुपार्ने निर्णय गर्यो भने, यसको मूल्य लगभग ४३ प्रतिशतले बढ्नेछ। 
अमेरिकामा सबैभन्दा सस्तो आइफोन १६ मोडलको मूल्य करिब ७९९ डलर अर्थात् २ लाख २४ हजार पाकिस्तानी रुपैयाँ छ । तर रोजेनब्लाट सेक्युरिटीजका अनुसार यो मूल्य ११४२ डलर अर्थात ३ लाख २० हजार पाकिस्तानी रुपैयाँसम्म बढ्न सक्छ ।
जहाँ अमेरिकामा सबैभन्दा महँगो मोडल आईफोन १६ प्रो म्याक्सको मूल्य १५९९ अमेरिकी डलर अर्थात ४ लाख ५० हजार पाकिस्तानी रुपैयाँ छ। यो ४३ प्रतिशत बृद्धिको बोझ उपभोक्तामा परेमा यसको नयाँ मूल्य रु ६.५ लाख हुनेछ ।
अनुमानका अनुसार पाकिस्तानमा आइफोन अमेरिकाको तुलनामा ४० प्रतिशत महँगो छ । अब पाकिस्तानमा एप्पलका यी मोडलको मूल्यको कुरा गर्ने हो भने एप्पलको वितरक मर्केन्टाइलका अनुसार देशमा आइफोन–१६ मोडलको मूल्य ३ लाख १७ हजार पाकिस्तानी रुपैयाँ र सबैभन्दा महँगो मोडल आइफोन–१६ प्रो म्याक्सको मूल्य ६ लाख २४ हजार पाकिस्तानी रुपैयाँ रहेको छ ।
राजधानी इस्लामावादका एक आईफोन डिलरले अहिले पाकिस्तानमा आईफोनको मूल्य १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी हुनसक्ने हल्ला चलिरहेको बताएका छन् ।  तर जबसम्म एप्पल आफैंले मूल्य बढाउँदैन, त्यसमा कुनै सत्यता छैन।
यस आधारमा हेर्दा आइफोन १६ अमेरिकामा महँगो भएकाले पाकिस्तानमा यसका केही मोडलले अवश्य १० लाख रुपैयाँको आँकडा पार गर्न सक्छन् । तर यो मूल्य आफैं एप्पलको घोषणामा निर्भर गर्दछ।
राष्ट्रपतिको रूपमा ट्रम्पको पहिलो कार्यकालमा, जब चिनियाँ आयातमा दबाब बढ्यो, एप्पललाई विशेष छुट दिइएको थियो। यस पटक भने एप्पलले अहिलेसम्म कुनै छुट पाएको छैन।
                                                                                                                                                                        
                                                                                            
                                                                                
                                                                                    
                                        
                                                                                    
                                    
                                यो पनि हेर्नुहोस
ट्रम्पको दाबी, ‘इरान अमेरिकासँग सम्झौता गर्न चाहन्छ’
- by Bizshala
 - 16 घण्टा अगाडी
 
ओपेक प्लसको निर्णयले बढ्यो कच्चा तेलको मूल्य
- by Bizshala
 - 22 घण्टा अगाडी
 

                
                
                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                