सोमबार, फाल्गुन ४,२०८२ 08:42:02
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:42:02
Bizshala
Global IME Bank Limited

चर्को सेयरमूल्य भएका साना विकास बैंकको अवस्था झनै बिग्रियो, अधिकांश घाटामा

चर्को सेयरमूल्य भएका साना विकास बैंकको अवस्था झनै बिग्रियो, अधिकांश घाटामा
Shivam Cement

काठमाण्डौ । केही निश्चित अपरेटरहरुले सेयरमूल्यमा व्यापक चलखेल गरिरहेका क्षेत्रीय स्तरका विकास बैंकहरुको वित्तीय प्रदर्शन सुध्रिनुको साटो झन झन बिग्रिरहेको देखिएको छ ।  

लो र अल्टा लो क्यापका यस्ता विकास बैंकहरुको मूल्यमा हकप्रद वा अन्य कुनै वैकल्पिक पूँजी वृद्धिको सम्भावना दर्शाउँदै खेलाडीहरुले खेलिरहेका छन् । जसका कारण कमजोर अवस्थाका साना विकास बैंकहरुको दोश्रो बजार मूल्य भने ठूला विकास बैंकको भन्दा चर्को छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

चालु आर्थिक वर्षको ८ महिनासम्मको अवधिमा क्षेत्रीय स्तरमा कारोबार गर्नेमध्ये ५ वटा विकास बैंक घाटामा गएका छन् । बाँकी तीनवटाले मात्र नाफा आर्जन गरेका देखिएको छ ।  

राष्टबैंकले प्रकाशन गरेको तथ्यांकअनुसार ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक मात्र नाफामा छन् । सबैभन्दा बढी मितेरीले ७ करोड ७० लाख नाफा आर्जन गरेको छ भने सिन्धुले ४ करोड ८० लाख र ग्रीनले १ करोड ८० लाख नाफा आर्जन गरेका छन् । सालपा विकास बैंकको नाफा १ लाखमा सीमित छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सबैभन्दा बढी घाटामा कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । ८ महिनाको अवधिमा यो बैंकको घाटा चुलिएर ७३ करोड ५० लाख पुगेको छ । यो बैंकलाई समस्याग्रस्त घोषणा गरी हाल केन्द्रीय बैंकले म्यानेज गरिरहेको छ ।  

सेयरमूल्य चर्को भएको कर्पोरेट डेभलपमेन्ट बैंक ६० लाख २० हजार घाटामा छ भने एक्सल डेभलपमेन्ट बैंक पनि १८ करोड ८० लाख घाटामा गएको छ ।  

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक १ करोड ३० लाख घाटामा छ भने नारायणीको घाटा बढेर २ करोड माथि पुगेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.