सोमबार, आश्विन २६,२०८३ 05:03:12
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 05:03:12
Bizshala
Global IME Bank Limited

महाप्रसादले जोगाएको पोखरा फाइनान्सको घाटा झनै चुलियो, जानकीको अवस्था उस्तै दयनीय

Bizshala
महाप्रसादले जोगाएको पोखरा फाइनान्सको घाटा झनै चुलियो, जानकीको अवस्था उस्तै दयनीय
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ८ फाइनान्स कम्पनीले नाफा कमाएका छन् । बाँकी ७ वटाको घाटा चुलिँदै गएको छ ।  

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले समस्याग्रस्त घोषणा गर्न नदिएको र उनी प्रभावमा परेर कारबाहीबाट जोगाएको पोखरा फाइनान्स र जानकी फाइनान्सको अवस्था झनै दयनीय देखिएको छ ।  

अधिकारीको आशिर्वादले तत्काल समस्याग्रस्त घोषणा हुनबाट जोगिएको पोखरा फाइनान्सको घाटा चुलिएर ७५ करोड ८० लाख माथि पुगेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै, जानकी फाइनान्सको घाटा समेत १३ करोड ६० लाख बढी देखिएको छ ।  

उच्च व्यवस्थापनको हेराफेरीमा अलमलिएको र संस्थागत सुशासन निकै कमजोर बन्दै गएका कारण अस्तव्यस्त भएको गोर्खाज फाइनान्स ४ करोड ९० लाख घाटामा पुगेको छ ।  

बेस्ट फाइनान्स ३ करोड ७० लाख घाटामा छ भने अघिल्लो व्यवस्थापनले कमाउने माध्यम मात्र बनाई वित्तीय रुपमा खोक्रो पारी छाडेको समृद्धि फाइनान्सको घाटा समेत चुलिएर ८ करोड २० लाखको उचाईमा पुगेको छ ।  

रिलायन्स फाइनान्सको घाटा अझ बढेर ११ करोड पुगेको छ भने गुहेश्वरी मर्चेन्ट पनि २ करोड ३० लाख घाटामा गएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सबैभन्दा धेरै नाफा आईसीएफसी फाइनान्सको देखिएको छ । ८ महिनाको अवधिमा यो फाइनान्सले १४ करोड २० लाख नाफा कमाएको छ । मञ्जुश्रीले १३ करोड ६० लाख नाफासहित आईसीएफसीलाई पछ्याइरहेको देखिएको छ ।  

मल्टीपर्पस फाइनान्सले २ करोड ४० लाख नाफा कमाउँदा सेन्टल फाइनान्सले १ करोड ३० लाख नाफा कमाउने सफलता पाएको छ ।  

नेपाल फाइनान्स १ करोड ३० लाख नाफामा छ भने गुड्विल फाइनान्स २ करोड १० लाख श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी २ करोड ९० लाख नाफामा छ । प्रोग्रेसिभको नाफा बढेर ८ करोड ९० लाखको उचाईमा पुगेको छ ।  

आठ महिनामा कुन फाइनान्स नाफामा ? को घाटामा ? टेबल हेर्नुस् :

केन्द्रीय बैंकले प्रकाशन गरेको आँकडामा आधारित टेबल ।
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.