काठमाण्डौ । अमेरिका र चीनबीच जारी ट्यारिफ युद्धका बीच चीनले अमेरिकी भन्सार करविरुद्ध विश्व व्यापार संगठनमा थप उजुरी गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व व्यापार सङ्गठनमा चीनको मिसनले अमेरिकाले लगाएको शुल्कबारे विश्व व्यापार संगठनमा थप उजुरी परेको हो ।
यसअघि गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत भन्सार महसुल बढाएको समयमा मिसनले उजुरी दिएको थियो ।
यसपछि चीनले गत साता विश्व व्यापार संगठनमा करका सम्बन्धमा अर्को उजुरी गरेको थियो । अमेरिकाको बढ्दो करको सामना गरिरहेको कुनै पनि देशले यो विवाद समाधान गर्न विश्व व्यापार संगठनमा उजुरी गर्न सक्छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                