• बिहीबार, भाद्र २६,२०८२ 04:54:29
Global IME Bank Limited

भारतमा केन्द्रीत हुँदै एप्पल, एक वर्षमा २२ अर्ब डलरबराबरको आईफोन एसेम्बल

Hyundai Nepal
भारतमा केन्द्रीत हुँदै एप्पल, एक वर्षमा २२ अर्ब डलरबराबरको आईफोन एसेम्बल

काठमाण्डौ । एप्पलले एक वर्षको अवधिमा भारतमा २२ अर्ब डलरबराबरको आईफोन एसेम्बल गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बढी हो ।  

यसले एप्पलले चीनबाट उत्पादन सिफ्ट गर्दै भारतमा केन्द्रीय भईरहेको संकेत गरेको जनाइएको छ । यतिबेला एप्पले भारतमा २० प्रतिशत आईफोन उत्पादन गरिरहेको ब्लूमबर्गले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एप्पलले भारतमा आफ्नो कुल ५ वटामध्ये एउटा आईफोन उत्पादन गर्ने गर्छ । कोरोना महामारीका बेला कडा नियमका कारण चीनमा एप्पलको उत्पादन प्रभावित बनेको थियो । यसै बेला कम्पनीले भारतमा आईफोन एसेम्बल गर्न सुरु गरेको थियो । भारतको दक्षिणी भेगमा रहेको फक्सकनको कारखानामा आईफोन एसेम्बल हुने गर्छ ।  

विस्ट्रोनको सञ्चालन र ओभरसिज् पेटाग्रोनको लोकल युनिटलाई प्राप्त गरेको टाटा ग्रुप पनि प्रमुख उत्पादन साझेदारको रुपमा उदाईरहेको छ ।      

एप्पलले आफ्नो सबै आईफोन लाइनअप भारतमा एसेम्बल गरिरहेको छ । यसमा प्रिमियम टाइटानियम प्रो मोडल पनि समावेश छ । एप्पलले भारतको कुल स्मार्टफोन बजारको ८ प्रतिशत हिस्सा ओगटेको छ ।  

एप्पललाई चीनबाहिर १० प्रतिशत उत्पादन सिफ्ट गर्न ८ वर्ष लाग्न सक्ने जनाइएको छ ।  

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्प्युटर र स्मार्टफोन लगायतका विद्युतीय सामाग्रीमा लगाइएको भन्सार कर हटाउने निर्णय गरेका छन् । यो निर्णयले एप्पल र एनभिडिया जस्ता कम्पनी लाभान्वित हुने जनाइएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.