शनिबार, बैशाख ५,२०८३ 07:34:36
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 07:34:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डा. युवराज खतिवडाका छोरीज्वाइँलाई डेपुटी गभर्नर बनाउने योजना, नियमन विभागको कार्यकारी निर्देशकमा बढुवा

Bizshala
डा. युवराज खतिवडाका छोरीज्वाइँलाई डेपुटी गभर्नर बनाउने योजना, नियमन विभागको कार्यकारी निर्देशकमा बढुवा
Shivam Cement

काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार डा. युवराज खतिवडाको छोरीज्वाइँले नेपाल राष्ट्रबैंकमा बढुवासहित महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।  

नेपाल राष्ट्रबैंकको कायममुकायम(कामू) गभर्नरको जिम्मेवारीको रुपमा रहेकी डेपुटी गभर्नर निलम ढुंगानाले डा. खतिवडालाई खुशी पार्ने गरी उनका ज्वाई डा. रामशरण खरेललाई केन्द्रीय बैंकको निर्देशक(अधिकृत प्रथम)बाट बढुवा गरी कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) बनाएकी हुन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

डा. खरेल राष्ट्रबैंकका वरिष्ठ अधिकृत हुन् । उनीसँगै केन्द्रीय बैंकका निर्देशकहरु चेतप्रसाद उप्रेती र रोशनकुमार सिग्देलको समेत बढुवा भएको छ । उप्रेतीले गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग तथा सिग्देलले  सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् ।  

डा. खतिवडाका ज्वाईं डा. खरेलले चाहिँ निकै महत्वपूर्ण तथा शक्तिशाली मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी पाएका छन् ।  

राष्ट्रबैंकमा प्रशासन सेवातर्फ रिक्त रहेका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी)तर्फ ३ वटा पद रिक्त रहेका थिए । तिनै ३ पदमा सम्भाव्य अधिकृतहरुमध्येबाट डा. खरेल, उप्रेती र सिग्देलको बढुवा गरिएको हो । 

CG Motors
Garima Development Bank
IME remit

खरेललाई डेपुटी गभर्नर बनाउने योजना

राष्ट्रबैंक र सरकारको नेतृत्व गरिरहेको एमालेस्थित उच्च स्रोतहरुका अनुसार डा. युवराज खतिवडाले आफ्ना ज्वाईं डा. रामशरण खरेललाई कार्यकारी निर्देशकमा बढुवासँगै भविष्यमा डेपुटी गभर्नर बनाउन चाहेका छन् । यही चाहना र योजनाअनुसार नै डा. खरेललाई कार्यकारी निर्देशक बनाइएको हो ।  

आगामी सातासम्म गभर्नरको नियुक्त भइसक्ने र त्यसपछि २ डेपुटी गभर्नर समेत नियुक्त हुने भएकोले त्यसमध्ये एकजना डेपुटी डा. खरेल बन्ने पक्काजस्तै रहेको स्रोतको दाबी छ । यसपटक डेपुटी बनाएर अर्कोपटकसम्म गभर्नरको सम्भावित पात्रको रुपमा डा. खरेललाई(आफ्ना ज्वाईंलाई) अगाडि सार्ने डा. खतिवडाको योजना रहेको उनी निकटस्थहरुले बताएका छन् ।  

डा. खरेल प्रधानमन्त्रीका विकास सल्लाहकार डा. युवराज खतिवडाको ज्वाईं मात्र नभई केन्द्रीय बैंकमा समेत एक क्षमतावान युवा निर्देशकको रुपमा परिचित अनुहार हो । आफैंमा सम्भावना बोकेका उनलाई ससूरा शक्तिमा रहेको सबै लाभहरु मिलेको र अझै मिल्ने दाबी गरिएको छ । 

खरेलले नियमन विभागको कार्यकारी निर्देशककको जिम्मेवारी पाएसँगै सो विभाग हेरिरहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलको अन्य विभागमा सरुवा हुनेछ । डा. खतिवडाको दवाबमै कामू गभर्नर निलम ढुंगानाले डा. खरेललाई शक्तिशाली मानिने नियमन विभागको नेतृत्व जिम्मा लगाइएकी स्रोतको दाबी छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.