शनिबार, बैशाख ५,२०८३ 06:48:02
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 06:48:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाणिज्य बैंकहरुको नाफा र लाभांश क्षमता: देखिए केही रोचक तस्विर, सूचीमा नयाँ प्लेयरको दमदार इन्ट्री

Bizshala
वाणिज्य बैंकहरुको नाफा र लाभांश क्षमता: देखिए केही रोचक तस्विर, सूचीमा नयाँ प्लेयरको दमदार इन्ट्री
Shivam Cement

काठमाण्डौ । देशका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने बाँकी ११ वटा बैंकको नाफा बढेको देखिएको छ।

अघिल्लो आर्थिक वर्षमा देखिएको बैंकहरुबीचको रेसमा सहभागी केही टप वित्तीय संस्थाहरुको पोजिसिन नाटकीय ढंगले तलमाथि भएको छ । टप पोजिसनमा नयाँ प्लेयरहरुको प्रवेशले बैंकहरुको वित्तीय स्वास्थ्यमा केही रोचक तस्विरहरु समेत देखिएका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

खूद नाफाको हिसाबकिताब

खूद नाफाको हिसाबले समीक्षा अवधिमा नविल बैंक नै अगाडि देखिएको छ । यो अवधिमा नविलले ५ अर्ब ५ करोड बढी नाफा आर्जन गरेको छ । ९ महिनामा ५ अर्ब बढी नाफा कमाउने नविल मात्र पहिलो बैंक देखिएको छ ।  

दोश्रो स्थानमा चमात्कारिक फड्को मार्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उक्लिएको छ, जसको खूद नाफा ४ अर्ब ५४ करोड रहेको छ ।  

तेश्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ, जसको खूद मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । यसरी ९ महिनामा ४ अर्ब बढी नाफा कमाउने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा र ग्लोबल आईएमई बैंक मात्र रहेका छन् ।  

समीक्षा अवधिमा ३ अर्ब ४५ करोड नाफासहित एभरेष्ट बैंक चौथो पोजिसनमा रहेको छ ।  

यस्तै, २ अर्ब ७८ करोडसहित नेपाल बैंक धेरै नाफा कमाउने बैंकको सूचीमा टप फाइभमा पर्न सफल भएको छ ।  

गत वर्षको ९ महिनाको अवधिसँग तुलना गर्दा नाफा धेरै बढाउने बैंकहरु नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा र ग्लोबल आईएमई बैंक क्रमशः पहिलो, दोश्रो र तेश्रो देखिएका छन् । ३२.५५ प्रतिशतको नाफा वृद्धिसँगै एभरेष्ट चौथो पोजिसनमा उक्लिएको देखिन्छ । नाफा वृद्धिको रफ्तारको सूचीमा माछापुच्छ«े बैंक पाँचौ स्थानमा रहेको छ ।  

नाफा धेरै घट्ने बैंकहरुको सूचीमा एनआईसी एशिया पहिलो, हिमालयन दोश्रो र कुमारी तेश्रो रहेका छन् । सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकको नाफामा समेत पहिरो गएको देखिएको छ ।  

बाँकी टेबलमा हेर्नुस्:

सम्बन्धित बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरणमा आधारित टेबल । 
CG Motors
Garima Development Bank
IME remit

लाभांश क्षमताको हिसाबकिताब

लाभांश क्षमताको हिसाबकिताबमा भने अघिल्ला वर्षका टप बैंकहरुले नै आफ्नो स्थान सुरक्षित गरेका छन् ।  

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा एभरेष्ट बैंक २५.७५ प्रतिशत लाभांश क्षमतासहित पहिलो नम्बरमा छ । यस्तै, २५.६८ प्रतिशत क्षमतासहित स्ट्याण्डर्ड चार्टर्ड दोश्रो नम्बरमा देखिएकोछ ।  

९.३८ प्रतिशत लाभांश क्षमतासहित नेपाल एसबीआई बैंक तेश्रो स्थानमा, ७.९५ प्रतिशत क्षमतासहित सानिमा बैंक चौथो स्थानमा र ७.५५ प्रतिशत क्षमतासहित नवील बैंक पाँचौ नम्बरमा रहेको छ ।  

कुल २० वाणिज्य बैंकमध्ये ११ वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।  

बाँकी बैंकको अवस्था टेबलमा हेर्नुस्:

सम्बन्धित बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरणमा आधारित टेबल । 
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.