Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:18:00
Bizshala
Global IME Bank Limited

धनाढ्यहरु किन गरिब बन्दैछन् ? रोबोर्ट कियोसाकीले बताए यस्तो कारण

Hyundai Nepal
धनाढ्यहरु किन गरिब बन्दैछन् ? रोबोर्ट कियोसाकीले बताए यस्तो कारण
Shivam Cement

काठमाण्डौ । रिच ड्याड पुअर ड्याड’ का लेखक रोबर्ट कियोसाकीले कतिपय धनीहरू पनि गरिब बन्दै गईरहेको बताएका छन् । उनका अनुसार विश्वका केही धनीहरु टाट पल्टिदै गईरहेका छन् । उनका अनुसार राम्रो संकेत होइन। म्याकडोनाल्ड जस्ता फ्रान्चाइजी स्टोरहरू यसको उदाहरण हुन्। कियोसाकीले सामाजिक सञ्जाल प्लेटफर्म ुमा यस बारे चर्चा गरेका छन् ।  

आजका गरीब मानिसहरूले म्याकडोनाल्ड वा बर्गर किङमा खाना खान नसक्ने बताउदै उनले फ्रेन्चाइजी स्टोरहरू टाट पल्टिने अवस्थमा पुगिरहेको बताए । यस्तै उनले मुद्रास्फीतिका कारण धनी पनि गरिब बन्दै गईरहेको बताए ।  

कियोसाकीले मानिसहरूलाई यो आर्थिक संकटलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न आग्रह गरेका छन्। उनले सुन, चाँदी र बिटक्वाइनमा लगानी गर्न सल्लाह दिएका छन् । कियोसाकी आजको संसारमा ज्ञान नै वास्तविक धन हो भन्ने विश्वास गर्छन्।

CG Motors
Bizshala
Garima Development Bank

रोबर्ट कियोसाकीले म्याकडोनाल्ड र बर्गर किङ जस्ता फ्रेन्चाइजी स्टोरहरू चलाउने मानिसहरू समस्यामा भएको बताउदै कतिपय धनी मानिसहरु गरिब बन्दै गएको दाबी गरे । कियोसाकीले यो गरिबको लागि राम्रो हुन सक्ने विश्वास व्यक्त गरेका छन्। यसका कारण आम मानिसहरुले स्वस्थकर खाना खान पाउँने उनको भनाई छ । उनले धनीका लागि गरिब हुनु राम्रो नभए पनि कतिपय मानिसका लागि स्वस्थ्य हुने बताए ।

कियोसाकीले मानिसहरूलाई सल्लाह दिए, ‘कृपया यो आर्थिक संकटलाई बुद्धिमानी, स्वस्थ र धनी बन्न प्रयोग गर्नुहोस्। नक्कली पैसा र नक्कली शिक्षकको संसारमा ज्ञान नै नयाँ धन हो।’

New Office
Laxmi Sunrise Bank Limited
IME remit

उनले शिक्षा प्रणालीमा पनि प्रश्न उठाए । ‘त्यसैले हाम्रा विद्यालयहरूमा वास्तविक आर्थिक शिक्षा छैन,’ कियोसाकीले भने,रा‘ष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कले ‘मार्क्सवादी’ शिक्षा प्रणाली बन्द गर्नुको कारण यही हो ।’

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.