आईतवार, बैशाख ६,२०८३ 05:43:24
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:43:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर बजारमा घाटा खाएपछि पुतलीसडकका चिया पसलेलाई हृदयघात, एक वर्षमा २ जनाको मृत्यु

Bizshala
सेयर बजारमा घाटा खाएपछि पुतलीसडकका चिया पसलेलाई हृदयघात, एक वर्षमा २ जनाको मृत्यु
Shivam Cement

काठमाण्डौ । सेयर बजार जोखिमको क्षेत्र हो । सेयर बजारमा प्रतिफलसँगै जोडिएर आउने अर्को विषय जोखिम पनि हो भन्ने तथ्य यस क्षेत्रमा लगानी गर्नेले थाहा पाउन आवश्यक छ । अरुको लहड र देखासिकी गरेर लगानी गर्दा दुःख गरेर आर्जेको सम्पत्ति गुमाउनुको पिडा त छदै छ अर्को तर्फ यसले निम्त्याउने मानसिक तनावको अवस्थालाई समेत नजरअन्दाज गर्न सकिदैन ।  

केही कमाउने आशामा सेयर बजारमा प्रवेश गरेकाहरुमाथि त्यतिबेला बज्रपात पर्छ जब लगानी गरेको कम्पनीको सम्पत्ति निरन्तर खुम्चिन थाल्छ । यस्तो अवस्थामा आफ्ना सम्वेगहरुलाई सम्हाल्न एकदमै आवश्यक हुन्छ । सेयर बजारमा धैर्यवान र जोखिम व्यवस्थापन गर्न सक्ने व्यक्ति मात्रै सफल हुन्छन् । यस्ता विषय सर्वसाधारणलाई बुझाउन नियामकलाई झनै चुनौति थपिएको छ । भारतको दलाल स्ट्रिट भने जस्तै नेपालको पुतलीसडक पनि सेयर कारोबार हुने प्रमुख स्थान हो ।

पुतलीसडकको शंकर देव क्याम्पस अगाडि एउटा सानो गल्लि छ । जहाँ मोटरसाइकल पार्किङ स्थल पनि भएका कारण धेरै लगानीकर्ता त्यहाँ पुग्छन् । त्यहा केही ब्रोकर हाउस पनि छन् । ब्रोकर हाउसबाट लगानीकर्ता चिया पिउन त्यस गल्लिमा पुग्ने गर्छन । यो ठाउ लगानीकर्ताहरु माझ ‘टुकुचा’को नामले समेत परिचित छ । यो ठाँउमा ३/४ वटा चिया पसल छन् । जहाँ लगानीकर्ताहरु आफ्नो कम्प्युटर लिएर चिया खाँदै सेयर कारोबार पनि गरेका भेटिन्छन् । यी पसलहरुमा लगानीकर्ता तथा ब्रोकर सञ्चालक पनि चिया पिउन पुगेका हुन्छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यिनै लगानीकर्ताहरुको संगतले गर्दा यहाँका चिया पसलेदेखि अन्य व्यापारी पनि सेयर बजारमा लगेका छन् । तर सेयर बजार जोखिमको क्षेत्र हो र यो बजारमा घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने शिक्षाको अभाव हुँदा अरुको लहैलहैमा लागेका केही व्यापारिहरु मृत्युको मुख मै पुगेको तितो यथार्थ यहाँ भेटिएका छन् ।  

केही दिन अगाडि गुल्मि स्थाई भर भएर टुकुचाको मोडमा चिया बेच्ने एक चिया व्यापारीको हृदयघात भएर मृत्यु भएको छ । ती व्यापारि लामो समयदेखि सेयर बजारमा रहेको र केही खेलाडीका सेयर खरिद गरेको तथ्य खुलेको छ । आफूले लगानी गरेको कम्पनी घटेपछि उनी निकै पीडामा थिए । यही कारण उनको मृत्यू भएको पुष्टि भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यसैगरि केही समय पहिले टुकुचामा नै चिया पसल गरेर बस्ने गुल्मिकै अर्का एक चिया व्यापारिको पनि यसै कारण मृत्यू भएको यहाँ भेटिएका लगानीकर्ता दीपक बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार यस्तो घटना एकै वर्षमा २ वटा घटेका हुन् ।  

नियामक निकायले दिनु पर्ने सेयर शिक्षाको अभावका कारण यस्तो अप्रिय घटना घटेको बस्नेतले आरोप लगाए । यस अघि पनि एक लगानीकर्ताले खेलाडीको सेयरमा घाटा खाएपछि विष खाएको अडियो सार्वजनिक भएको थियो । पेशाले शिक्षक समेत रहेका अर्का एक लगानीकर्ताले यसरी लगानीकर्ता मर्नु पर्ने अवस्था आउनु सरकारको पूँजीबजार प्रतिको कठोर नीति रहेको आरोप लगाए ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.