शुक्रबार, बैशाख ४,२०८३ 08:53:18
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:53:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारत र पाकिस्तानबीच युद्ध भयो भने कति खर्च हुन्छ ? यस्तो देखाउछ तथ्यांकले

Bizshala
भारत र पाकिस्तानबीच युद्ध भयो भने कति खर्च हुन्छ ? यस्तो देखाउछ तथ्यांकले
Shivam Cement

काठमाण्डौ । जम्मू कश्मिरको पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उच्चस्तरीय सुरक्षा बैठकको अध्यक्षता गरेका थिए। भेटपछि प्रधानमन्त्री मोदीले आतंकवादलाई निरुत्साहित गर्ने वाचा गरेका थिए ।

उनले भारतीय सशस्त्र बलको क्षमतामा पूर्ण विश्वास व्यक्त गरेका छन्। सेनालाई आफ्नो कारबाही, लक्ष्य र समय निर्धारण गर्न स्वतन्त्र लगाम दिइएको छ। यसैबीच पाकिस्तानका पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले भारतले आगामी २४ देखि ३६ घण्टाभित्र आफ्नो विरुद्ध सैन्य कारबाही गर्न सक्ने दाबी गरेका छन् । यदि भारत र पाकिस्तान बीच पूर्ण स्तरमा युद्ध भयो भने, यसको लागत धेरै ठूलो हुनेछ।

यो खर्च केही अरबौं रुपैयाँसम्म पुग्न सक्छ। यद्यपि, युद्धको लागत सही रूपमा अनुमान गर्न कठिन छ। युद्धको अवधि, तीव्रता र दायरा जस्तै धेरै कारकका कारण यसको सही अनुमान गर्न गाह्रो छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तैपनि, कारगिल युद्धका अनुभव र केही अनुमानका आधारमा एउटा निष्कर्ष पक्कै पाउन सकिन्छ। विभिन्न स्रोतका अनुसार सन् १९९९ को कारगिल युद्धमा भारतको अनुमानित लागत ५ हजार करोडदेखि १० हजार करोड रुपैयाँ रहेको थियो । त्यो समयमा यो ठूलो रकम थियो।

यसमा सैन्य अपरेशन, गोला बारूद, सैनिकको तलब र अन्य सम्बन्धित खर्चहरू समावेश थिए। भारतीय वायुसेनाको हवाई हमलाको अनुमानित लागत करिब २ हजार करोड भारु थियो। सेनाको दैनिक सञ्चालन खर्च करिब १०–१५ करोड रुपैयाँ थियो ।

अब यदि भारत र पाकिस्तानबीच ठूलो युद्ध भयो भने त्यसको मूल्य कारगिल युद्धभन्दा धेरै हुनेछ । यसका धेरै कारणहरू छन्। पहिलो, दुवै देशका सेना सन् १९९९ को तुलनामा धेरै ठूला र उन्नत भईसकेका छन् । यतिेबला आधुनिक हतियार प्रणाली र प्रविधि धेरै महँगो भएको छ। दोस्रो, कारगिल युद्ध सीमित क्षेत्रमा लडिएको थियो। तर एक सर्वव्यापी युद्धले सम्पूर्ण सीमा क्षेत्र, हवाई क्षेत्र र समुद्री क्षेत्रहरू समावेश गर्न सक्छ। यसले लागत धेरै गुणा बढ्नेछ।  

तेस्रो, कारगिल युद्ध करिब साढे दुई महिनासम्म चलेको थियो। एक व्यापक युद्ध यो भन्दा धेरै लामो हुन सक्छ। यसले दैनिक र समग्र खर्चमा ठूलो वृद्धि हुनेछ।

CG Motors
Garima Development Bank
IME remit

युद्धले अर्थतन्त्रमा पनि गम्भीर असर पार्नेछ । युद्धका कारण उत्पादनमा कमी, व्यापारमा अवरोध, मुद्रास्फीतिमा वृद्धि र लगानीकर्ताको विश्वासमा कमी जस्ता समस्या देखिन सक्छ। यसका साथै अप्रत्यक्ष आर्थिक लागत प्रत्यक्ष सैन्य लागत भन्दा धेरै हुन सक्छ। यसबाहेक सैनिक र नागरिकको जीवन र सम्पत्तिको हानि र घाइतेहरूको हेरचाहको लागत पनि धेरै हुनेछ। जसको मूल्याङ्कन गर्न गाह्रो छ।

गत अप्रिलमा गरिएको विश्लेषणअनुसार यदि भारत र पाकिस्तानबीच चार हप्ताको युद्ध भयो भने भारतलाई ७५० अर्ब डलर (लगभग ६२ लाख करोड भारु) सम्मको आर्थिक नोक्सान हुन सक्छ। यो तथ्याङ्कले सैन्य खर्च मात्र नभई युद्धले गर्दा भएको व्यापक आर्थिक क्षतिलाई पनि मध्यनजर गरेको छ । अनुमानका अनुसार ४२ दिनको सीमित युद्धले भारतलाई ४९ हजार करोड भारु नोक्सान पुर्याउन सक्छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.