सोमबार, फाल्गुन ४,२०८२ 04:12:04
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:12:04
Bizshala
Global IME Bank Limited

एलन मस्कको कुर्सी खतरामा, टेस्लाले गर्यो नयाँ सीईओको खोजी

एलन मस्कको कुर्सी खतरामा, टेस्लाले गर्यो नयाँ सीईओको खोजी
Shivam Cement

काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुर्सी खतरामा परेको छ । विद्युतीय सवारी साधन निर्माण कम्पनी टेस्लाले नयाँ सीईओको खोजी सुरु गरेसँगै मस्कको कुर्सी खतरामा परेको हो । यो दाबी वाल स्ट्रीट जर्नलको एक रिपोर्टमा गरिएको छ।  

यतिबेला टेस्लाको सेयरमूल्य निरन्तर घटिरहेको छ । लगानीकर्ताहरू मस्कले कम्पनी भन्दा व्हाइट हाउसमा बढी ध्यान दिइरहेकाले चिन्तित बनेका छन्। गत वर्ष टेस्ला बिक्रीको हिसाबले चिनियाँ कम्पनी बीवाईडी भन्दा पछि परेको थियो। टेस्लाको बिक्री घटेको यो पहिलो पटक हो।

त्यसैले टेस्लाको बोर्डले मस्कको उत्तराधिकारीको खोजी सुरु गरेको छ । रिपोर्टका अनुसार बोर्डले ठूलो सर्च फर्ममा ध्यान केन्द्रित गरेको छ । यस रिपोर्टका कारण टेस्लाको सेयर ४ प्रतिशतले घटेको छ ।

मस्कले टेस्लालगायत धेरै कम्पनीहरू सञ्चालन गर्छन्। रिपोर्टका अनुसार २० भन्दा बढी कार्यकारीहरूले मस्कलाई प्रत्यक्ष रिपोर्ट गर्छन्। पछिल्लो समय मस्क वासिङ्टनमा बढी समय बिताइरहेका छन् । कर्मचारीहरूले मस्कलाई महिना पछि गत मार्चमा आयोजित एक कार्यक्रममा सार्वजनिक रुपमा देखेको बताएका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो बैठक एक्समा लाइभ स्ट्रिम गरिएको थियो। उक्त अवसरमा मस्कले कर्मचारीहरूलाई आश्वस्त पार्ने र सेयर बेच्न नदिन मनाउन प्रयास गरेका थिए। मस्कले हाल अमेरिकी सरकारको सरकारी दक्षता विभाग चलाइरहेका छन्। यो पदमा रहँदा उनले हरेक वर्ष १३० दिन ह्वाइट हाउसमा काम गर्नुपर्छ ।

यस्तोमा अब टेस्लामा एलन मस्कको स्थान कसले लिने भन्ने प्रश्न चिन्ह खडा भएको छ ।  मिडिया रिपोर्टका अनुसार मस्क आफैंले आफ्नो ठाउँमा कसैले नआओस् भन्ने डर रहेको बताएका थिए । टेस्ला अटोमोबाइल कम्पनी मात्र होइन, रोबोटिक्स र अटोमेसनको भविष्य पनि हो भनेर कसैले बुझाउन नसक्ने उनको डर छ।

टेस्लाको सीईओ पदका लागि जेबी स्ट्रोबेललाई सबैभन्दा अग्रपंक्तिमा लिइएको छ । उनी ब्याट्री रिसाइक्लर र कम्पोनेन्ट निर्माता रेडवुड मटेरियल्सका सीईओ र सह–संस्थापक हुन्। उनी टेस्लाका बोर्ड सदस्य पनि हुन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

स्ट्रोबेल टेस्लाको प्रारम्भिक दिन देखि कम्पनीसँग जोडिएका छन् । उनी टेस्लाका पाँच सह–संस्थापक मध्ये एक हुन्। यसबाहेक टम झु पनि सीईओ बन्ने दौडमा छन् । उनी टेस्लाका एक मात्र वरिष्ठ उपाध्यक्ष हुन्। उनले न्यूजील्याण्डको अकल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीबाट स्नातक गरेका छन्  र ड्यूकबाट एमबीए गरेका छन्। झु टेस्लाको वेबसाइटमा नामित तीन कार्यकारी मध्ये एक हो।

यससँगै स्टेला ली पनि टेस्लाको सीईओ बन्न सक्छिन् । उनी अटो र ब्याट्री निर्माता कम्पनी बीवाईडीको कार्यकारी उपाध्यक्ष हुन् र अमेरिकामा कम्पनीको सञ्चालनको प्रमुख हुन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.