काठमाण्डौ । बेलायती कार कम्पनी जगुआर ल्याण्ड रोभर (जेएलआर) ले फेरि अमेरिकामा गाडी पठाउन सुरु गरेको छ । अमेरिकाले केही कर लगाएपछि अमेरिकामा जगुआर ल्याण्ड रोभरको सवारी साधनको ढुवानी रोकिएको थियो । लगभग एक महिना पछि पुनः अमेरिकामा कम्पनीले सवारी साधन पठाउन थालेको हो ।
जगुआर ल्याण्ड रोभर टाटा मोटर्सको सहायक कम्पनी हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही नयाँ कर लगाएका छन् । जसका कारण जेएलआरले अप्रिलमा अमेरिकामा गाडी पठाउन बन्द गरेको थियो । ‘टाइम्स’ पत्रिकाका अनुसार अब जेएलआरले फेरि सवारीसाधन पठाउन थालेको छ । बुधबार जेएलआर गाडीको पहिलो ढुवानी अमेरिका प्रस्थान गरेको छ ।
गत अप्रिलमा जेएलआरले एक महिनाको लागि यूके(निर्मित गाडीहरू अमेरिकामा ढुवानी बन्द गर्ने बताएको थियो। कम्पनीले ट्रम्पको २५ प्रतिशत करले कस्तो प्रभाव कस्तो पर्छ भनेर हेर्न चाहको जनाएको थियो । अमेरिकामा आयात हुने कार र लाइट ट्रकमा यो कर लगाइएको थियो । यो कर अप्रिल ३ देखि लागू भएको थियो । ट्रम्पले गत बिहीबार अटोमा लगाइएको करको प्रभावलाई कम गर्ने बताएका थिए। यसका लागि उनले अन्य करमा केही छुट र राहत दिनेछन् ।
बेलायतको कार निर्माण उद्योगले प्रत्यक्ष रूपमा २ लाख मानिसहरूलाई रोजगार दिएको छ । युरोपपछि बेलायती कारको दोस्रो ठूलो खरिदकर्ता अमेरिका हो । कार उद्योग बारे जानकारी प्रदान गर्ने संस्था एसएमएमटीको तथ्यांकका अनुसार अमेरिकाले लगभग २० प्रतिशत बेलायीमा निर्मित कारहरू खरिद गर्छ।