शुक्रबार, बैशाख ४,२०८३ 08:55:06
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:55:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतसँग युद्ध भयो भने भागेर बेलायत जाने पाकिस्तानी सांसदको भनाई

Bizshala
भारतसँग युद्ध भयो भने भागेर बेलायत जाने पाकिस्तानी सांसदको भनाई
Shivam Cement

काठमाण्डौ । पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच युद्धको खतरा बढेको छ । हालै सार्वजनिक रिपोर्टमा भारतसँगको तनावका बीच पाकिस्तानी सेना प्रमुख र सेनाका उच्च अधिकारीहरूले आफ्ना परिवारलाई विदेश पठाएको बताइएको थियो।

अब एक पाकिस्तानी सांसदले पनि त्यही बाटो अपनाउने घोषणा गरेका छन् । पाकिस्तानी एक सांसदले दुई देशबीच युद्ध सुरु भए आफू भागेर अर्को देश जाने बताएका छन् ।

पाकिस्तानको नेशनल एसेम्बलीका सदस्य शेर अफजल खान मारवतले पत्रकारको प्रश्नको जवाफमा यस्तो बताएका हुन्। भारतसँग युद्ध सुरु भएमा बन्दुक लिएर सिमानामा लड्न जानुहुन्छ ? भनेर मारवतलाई प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले भने ‘भारतसँग युद्ध भयो भने म भागेर बेलायत जान्छु।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यतिबेला मारवतको जवाफ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । धेरै प्रयोगकर्ताहरूले पाकिस्तानका सांसदहरूले पनि आफ्नो सेनालाई विश्वास गर्दैनन् भनेर टिप्पणी गरिरहेका छन् । यस्तै उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा प्रश्न सोध्दा उनले रोचक जवाफ दिए ।

के भारतीय प्रधानमन्त्री मोदी दुई देशबीचको तनाव कम गर्न पछि हट्नुपर्छ ? पत्रकारको यो प्रश्नमा मारवतले व्यंग्यात्मक स्वरमा भने, ‘के मोदी मेरो काकीको छोरा हो र जो मेरो अनुरोधमा पछि हट्छ ?’

CG Motors
Garima Development Bank
IME remit

खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लाका शेर अफजल खान मारवत पाकिस्तानको राष्ट्रिय सभा संसदका सदस्य हुन्। उनी विगतमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) सँग सम्बद्ध थिए, तर पार्टी र यसका नेताहरूको आलोचनाका कारण उनले कारबाहीको सामना गर्नु परेको थियो र उनलाई सबै प्रमुख पदबाट हटाइएको थियो ।  

गत अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।भारतले पाकिस्तानविरुद्ध धेरै कडा कदम चालेको छ ।जसमा सिन्धु सम्झौता निलम्बन गर्ने, अटारी नाका बन्द गर्ने र पाकिस्तानी विमानका लागि हवाई क्षेत्र बन्द गर्ने समावेश छ। यसको जवाफमा पाकिस्तानले पनि विभिन्न कदम चालेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.