बुधबार, भाद्र ३,२०८३ 04:31:39
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:31:39
Bizshala
Global IME Bank Limited

बफेट हाथवेको सीईओबाट हटेसँगै कम्पनीको सेयरमूल्यमा उच्च गिरावट

बफेट हाथवेको सीईओबाट हटेसँगै कम्पनीको सेयरमूल्यमा उच्च गिरावट
New Office

काठमाण्डौ । दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेट वर्कशायर हाथवेको सीईओ पदबाट बाहिरिएसँगै कम्पनीको सेयरमूल्यमा उच्च गिरवाट आएको छ । सोमबारको प्रि मार्केटमा कम्पनीको सेयरमूल्य झण्डै २ प्रतिशतले घटेको छ ।

१.१६ ट्रिलियन डलरको कम्पनी हाथवेमा ६० वर्षको यात्रामा पूर्णविराम लगाउदै बफेटले सीईओ पदबाट राजीनामा दिएका छन् ।  

Bizshala
CG Motors

कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यक्ष ग्रेग एबेललाई आगामी वर्षदेखि लागू हुने गरी कम्पनीको प्रिसिडेन्ट तथा सीईओ नियुक्त गर्ने निर्णय गरेको छ । तर अध्यक्षको रुपमा भने बफेट यथावत रहने जनाइएको छ ।  

एबेललाई वर्कशायर हाथवेको सीईओ नियुक्त गर्ने घोषणा गत शनिबार ओमाहामा आयोजित वार्षिक बैठकमा गरिएको थियो ।  

कम्पनीको क्लास बी को सेयरमूल्य प्रतिकित्ता ५३० डलरमा झरेको छ । गत वर्ष कम्पनीको सेयरमूल्य ३३ प्रतिशतले बढेको थियो ।    

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.