काठमाण्डौ । भारतका रक्षामन्त्री राजनाथ सिंहले हनुमानको आदर्शको पालना गर्दै पाकिस्तानमाथि आक्रमण गरेको बताएका छन् । सिंहले सीमा सडक संगठनको स्थापना दिवसको क्रममा यस्तो बताएका हुन् ।
सिंहले भारतमाथि आक्रमण गर्ने आतंककारीलाई मात्रै मारेको बताए ।
उनले प्रधानमन्त्री मोदीको निर्देशनमा भारतीय सेनाले सबै भारतीयको शिर माथि उठाएको समेत बताए । भारतीय सेनाले सटीक, सतर्कता र संवेदनशीलताका साथ काम गरेको समेत उनले बताए । रक्षामन्त्रीले थप भने, ‘हामीले तोकेका लक्ष्यलाई सटीकताका साथ ध्वस्त पारिएको छ र हाम्रो सेनाले पनि कुनै पनि नागरिक लक्ष्यलाई प्रभावित हुन नदिने संवेदनशीलता देखाएको छ । सम्पूर्ण देशको तर्फबाट सेनाका जवान र अधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु। सेनालाई पूर्ण सहयोग गरेकोमा म प्रधानमन्त्री मोदीलाई पनि धन्यवाद दिन्छु।’
राजनाथ सिंहले भारतले आफ्नो भूमिमा आक्रमणको जवाफ दिन आफ्नो ‘प्रतिक्रिया गर्ने अधिकार’ प्रयोग गरेको बताए।