शुक्रबार, बैशाख ४,२०८३ 08:50:34
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:50:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतले ठूलो मूल्य चुकाउनु पर्छ: पाकिस्तानी प्रधानमन्त्री

Bizshala
भारतले ठूलो मूल्य चुकाउनु पर्छ: पाकिस्तानी प्रधानमन्त्री
Shivam Cement

काठमाण्डौ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले आक्रामकताको सहारा लिएर गम्भीर गल्ती गरेको र यसको परिणाम भोग्नुपर्ने बताएका छन्। राष्ट्रिय सुरक्षा समिति (एनएससी)को अघिल्लो दिनको बैठकमा सशस्त्र बललाई भारतीय आक्रमणको निर्णायक जवाफ दिन र निर्दोष पाकिस्तानी जीवनको क्षतिको साथै आत्मरक्षाको लागि आफ्नो छनौटको समय, स्थान र तरिकामा बदला लिन अख्तियारी दिएसँगै प्रधानमन्त्री शरीफको यस्तो टिप्पणी आएको हो।

राष्ट्रको नाममा टेलिभिजन सम्बोधनमा शरीफले भने, ‘पाकिस्तानी बहादुर सपुतहरुको देश हो भन्ने भारतले बर्सेजस्तो छ । हामी रगतको अन्तिम थोपा बगाएर मातृभूमिको सम्मान र रक्षाको लागि सधैं लड्छौं ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै उनले भारतको कायरतापूर्ण आक्रमणले निर्दोष पाकिस्तानी नागरिकले ज्यान गुमाएको बताए । प्रधानमन्त्रीले नियन्त्रण रेखामा भएको एक घण्टाको लडाइमा पीएएफका पाइलटहरूले बहादुरी र व्यावसायिकता देखाउँदै भारतका जेट विमानलाई खरानी बनाएको बताए ।  

प्रधानमन्त्रीले पहलगाम आक्रमणका सम्बन्धमा पाकिस्तानमाथि लगाइएको आरोप अनुचित भएको भन्दै दुःख व्यक्त गरे । उनले पाकिस्तान शान्तिप्रिय देश भएको भन्दै पाकिस्तानले पहलगाम आक्रमणको अन्तर्राष्ट्रिय पारदर्शी र भरपर्दो छानबिनको प्रस्ताव गरेको बताएकोमा विश्वले स्वीकार गरेको भए पनि भारतले आक्रामकताको सहारा लिएर सबै अन्तर्राष्ट्रिय कानुन र मान्यतालाई उल्ट्याएको बताए ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.