Bizshala
  • मंगलवार, असार २३,२०८३ 06:51:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्यारिफ घटाउने सम्झौताको घोषणा गर्दै अमेरिका र बेलायत

Laxmi Sunrise Bank Limited
ट्यारिफ घटाउने सम्झौताको घोषणा गर्दै अमेरिका र बेलायत

काठमाण्डौ । अमेरिका र बेलायतले आज कर घटाउने सम्झौताको घोषणा गर्ने भएका छन् । गत महिना राष्ट्रपति ट्रम्पले विश्वका लगभग सबै देशमा कर लगाएपछि बेलायत सरकारले कर घटाउने सम्झौताको खोजी गरिरहेको थियो ।  

यस्तोमा दुई देशबीच ट्यारिफको विषयमा सम्झौता हुन लागेको हो । आजको अपेक्षित घोषणा बेलायत र भारतले व्यापार सम्झौताको घोषणा गरेको केही दिनपछि आएको हो।

New Office
CG Motors
Garima Development Bank

अमेरिका बेलायतको सबैभन्दा ठूलो एकल व्यापार साझेदारको रुपमा रहदै आएको छ । बेलायतबाट अमेरिकाले २०० बिलियन युरोबराबरको आयात गर्दै आएको छ ।  

गत वर्ष मूल्यको आधारमा बेलायतको सबैभन्दा ठूलो वस्तु निर्यातमा कार र औषधिहरू थिए ( त्यसैले ती क्षेत्रहरूका लागि कुनै पनि ट्यारिफ छुटहरू महत्त्वपूर्ण हुने जनाइएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रपति ट्रम्पले विश्वव्यापी ट्यारिफको लहर जारी गरेदेखि बेलायत अमेरिकासँग यस प्रकारको सम्झौताको लागि हताश थियो। यस्तोमा बेलायत अमेरिकासँग ट्यारिफ छुटको विषयमा सम्झौता गर्ने पहिलो देश बनेको छ ।  

हाल अमेरिकाले स्टिल, आल्मुनियम र कारहरूमा २५ प्रतिशत ट्यारिफ लगाएको छ । यस्तै विश्वव्यापी १० प्रतिशत ट्यारिफ भने सबै देशमाथि लगाइएको छ । बेलायतको  व्यापार समूहले व्यापार घोषणालाई स्वागत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.