शनिबार, बैशाख ५,२०८३ 01:57:47
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:57:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एलन मस्कको कम्पनी स्टारलिंकलाई भारतमा हरियो झण्डा

Bizshala
एलन मस्कको कम्पनी स्टारलिंकलाई भारतमा हरियो झण्डा
Shivam Cement

काठमाण्डौ । विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी स्टारलिंकले भारतमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्ने दिशामा पहिलो कदम चालेको छ । कम्पनीले दूरसञ्चार विभागबाट ‘लेटर अफ इन्टेन्ट’ प्राप्त गरेको छ ।  

अमेरिकी एयरोस्पेस निर्माता स्पेसएक्सले यसको विकास गरेको हो। कम्पनीले भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित शर्त स्वीकार गरेसँगै यो स्वीकृति हासिल गरेको हो । भारत सरकारले स्टारलिङ्कलाई द्रुत गतिमा ग्रीन सिग्नल दिने निर्णयले अमेरिकासँग चलिरहेको व्यापार वार्तामा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तर, स्टारलिङ्कको प्रवेशलाई लिएर चिन्ता पनि व्यक्त गरिएको छ । भारतका साइबर कानून विशेषज्ञ विराग गुप्ताका अनुसार केही वर्षअघि अमेरिकी एजेन्सी एनएसएले अपरेशन प्रिज्ममार्फत ९ ठूला इन्टरनेट कम्पनीको डिजिटल डेटामा पहुँच प्राप्त गरेको थियो ।यसले एजेन्सीलाई प्रयोगकर्ताको इ–मेल, फोटो, भिडियो आदि पहुँच गर्न धेरै सजिलो बनाएको थियो। यस्तो अवस्थामा गोपनीयताको हनन मात्र होइन, राष्ट्रिय सुरक्षासँग सम्बन्धित डेटामाथि पनि प्रश्न उठेको उनको भनाई छ।

अहिले भारतसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको तर सम्बन्धमा तिक्तता आएको अवस्थामा भारतीय नियामकहरूले स्टारलिंकको प्रणालीको दुरुपयोग नहोस् भनेर अनुगमन गर्न सक्षम छन् भन्ने प्रश्नचिन्ह खडा भएको विज्ञहरुले बताएका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

डिप्लोमेसी फाउन्डेसनको प्रतिवेदनले स्टारलिंक भूराजनीतिक नियन्त्रणको प्रविधि भएको जनाएको छ। यसले ब्राजिल, युक्रेन र इरान जस्ता देशहरूमा नियम र नीतिहरूको सम्मान नगरेको जनाइएको छ।  

एटारलिंक स्पेसएक्सद्वारा बनाईएको एक उपग्रह इन्टरनेट सेवा हो। स्पेसएक्स अमेरिकी एयरोस्पेस कम्पनी हो। सन् २००२ मा एलन मस्कले यसको सुरुवात गरेका थिए ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.