सोमबार, असार २,२०८२ 02:44:12
  • सोमबार, असार २,२०८२ 02:44:12
Global IME Bank Limited

बुलिस सेन्टिमेन्टमा चलेको बुटवल पावरको सेयर भाउ कतिसम्म पुग्ला ?

Hyundai Nepal
बुलिस सेन्टिमेन्टमा चलेको बुटवल पावरको सेयर भाउ कतिसम्म पुग्ला ?
Nabil Bank Limited

काठमाण्डौ । बुटवल पावर कम्पनी नप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरु मध्ये एक पब्लिक प्राइभेट पार्टनसिपमा सञ्चालित कम्पनी हो । यो कम्पनी सन् १९६६ मा प्राइभेट कम्पनीको रुपमा स्थापित भएर १९९३ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।  

त्यसै गरि सन् २००३ मा नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । कम्पनीले काबेली ‘ए’ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट , न्यादी हाइड्रो पावर लिमिटेड ,मूगू कर्णाली हाइड्रो प्रोजेक्ट , छिनो खोला हाइड्रो प्रोजेक्ट , मस्र्याङदी क्यासकेड प्रोजेक्ट , झिमरुक सोलर प्रोजेक्टमा लगानी रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको चूक्तापूँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५५ करोड ८७ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा २१ करोड २ लाख ९९ हजार , प्रतिसेयर आम्दानी वार्षिक ८.२३ रुपैयाँ , नेटवर्थ २०७.६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४.५२ गुणा  रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल ७५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण रहेको भन्ने बुझिन्छ । यस्तो इन्डेक्समा यदि कम्पनीको सेयर भ्यालु ० देखि २० भएमा स्ट्रङ  बियरिस, २० देखि ४० सम्म बियरिस, ४० देखि ६० सम्मलाई न्यूट्रल, ६० देखि ८० सम्मलाई बुलिस र ८० देखि माथि चलेमा स्ट्रङ बुलिस रहेको मानिन्छ । कम्पनीको ५२ साताको न्यून मूल्य २८८ र उच्च मूल्य ५३४ रुपैयाँ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्ड सँगै हिडेको देखिन्छ । यो सँगै कारोबार र भोल्युममा पनि बढोत्तरी देखिन्छ । म्याक्डीमा यस अघिनै बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७४ मा चलेको देखिन्छ । त्यसैगरि, मनी फ्लो इन्डेक्स ९३ को तहमा पुगेर हाल ७८ को तहमा पुगेको छ । यसले सम्भावित रुपमा यो कम्पनीको सेयरमा अल्पकालिन करेक्सनको सम्भावना भने रहन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५९६

प्रतिरोध २ – ५४०

प्रतिरोध १–  ५०९

पिभट् प्वइन्टः ४४८

घटेमा सपोर्ट  

सपोर्ट १– ४१२

सपोर्ट २– ३५६

सपोर्ट  ३ –३२०  

निष्कर्षः यो कम्पनी आधारभूत रुपमा ठीकै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.२३ रुपैयाँ रहँदा मुल्य आम्दानी अनुपात हालको बजार मूल्यले ६४.५२ गुणा पुगेको छ । यस हिसाबले यो कम्पनीका केही प्रोजेक्टहरु बन्दै गरेका कारण हालको लागि भन्दा पनि दीर्घकालका लागि कम्पनीमा लगानी गर्नु उपयुक्त देखिन्छ ।  

प्राविधिक रुपमा यो कम्पनीमा फियर एण्ड ग्रिड इन्डेक्मा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ भने पछिल्लो कारोबारहरुमा भोल्युम र कारोबारमा पनि सुधार देखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा केही बिक्री दबाब पनि पर्न सक्ने सम्भावना रहन्छ । त्यसैगरि, इलिअट वेभबाट नियाल्दा अबको पाँचौ वेभमा चल्दा कम्पनीको सेयर भाउमा केही करेक्सन हुँदै केही समयमा ६५० आसपाससम्म पनि पुग्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.