बुधबार, श्रावण १३,२०८३ 02:37:27
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:37:27
Bizshala
Global IME Bank Limited

साउदी अरब र अमेरिकाबीच इतिहासकै सबैभन्दा ठूलो हतियार सम्झौता, १४२ अर्ब डलरको हतियार खरिद गर्ने

साउदी अरब र अमेरिकाबीच इतिहासकै सबैभन्दा ठूलो हतियार सम्झौता, १४२ अर्ब डलरको हतियार खरिद गर्ने
New Office

काठमाण्डौ । अमेरिका र साउदी अरेबियाबीच इतिहासकै सबैभन्दा ठूलो हतियार सम्झौता भएको छ । यसअन्तर्गत अमेरिकाले साउदी अरबलाई १२४ अर्ब डलर बराबरको हतियार र युद्ध उपकरण उपलब्ध गराउनेछ ।  

ह्वाइट हाउसले यसबारे जानकारी दिएको छ । यो हतियार बिक्री अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रियाद भ्रमणका क्रममा साउदी अरेबियासँग भएको ६०० अर्ब डलरको ऐतिहासिक सम्झौताको हिस्सा हो।  

सुन्नी इस्लामिक राष्ट्र साउदी अरेबियासँगको यो हतियार सम्झौता शिया इरानका लागि खतराको घण्टी भएको जनाइएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो भाषणमा इरानलाई चेतावनी दिएका थिए ।‘इरानले आणविक हतियार विकास गरेर युद्धमा जाने वा शान्ति र व्यापार सम्बन्ध रोज्ने भन्ने निर्णय गर्नुपर्छ’, उनले भने। ट्रम्पले यदि इरानले शान्तिलाई अस्वीकार गर्यो भने आणविक हतियार राख्नबाट रोक्न आवश्यक कदम चाल्नुको विकल्प नरहेको बताए। ट्रम्पले भने, ‘इरानसँग कहिल्यै आणविक हतियार हुँदैन।’

डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो राजकीय भ्रमणमा मंगलबार साउदी अरेबियाको राजधानी रियाद पुगेका छन् । तर, पोपको अन्त्येष्टिमा सहभागी हुन उनी गत महिना इटाली गएका थिए । यसअघि सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा साउदी अरेबियाको पहिलो राज्य भ्रमण गरेका थिए । रियाद पुगेपछि उनलाई साउदी अरबका युवराज मोहम्मद बिन सलमानले स्वागत गरेका थिए । अमेरिकासँगको हतियार सम्झौताले साउदी अरेबियाको रक्षा क्षमतामा सुधार ल्याउने विश्वास गरिएको छ । ट्रम्पले साउदी अरेबियासँग १ ट्रिलियन डलरको व्यापार सम्झौता गर्ने लक्ष्य राखेका छन्।

ट्रम्पले आफ्नो भाषणमा साउदी अरेबिया चाँडै अब्राहम सम्झौतामा सामेल हुने र इजरायललाई आफ्नो समयमाु मान्यता दिने आशा गरेको पनि बताए। ट्रम्प र युवराज सलमानले शाही अदालतमा दिवाभोजमा भाग लिए, जसमा पाहुना र सहयोगीहरू पनि उपस्थित थिए। ट्रम्पको यो भ्रमणले मध्यपूर्वमा अमेरिकाको पुनरागमनलाई देखाउँछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सिरियाका राष्ट्रपति अहमद अल शारासँग भेटवार्ता गर्ने भएका छन् । शारा एक पूर्व विद्रोही नेता हुन् जसले इराकमा कब्जा गरेपछि अमेरिकी सेनाको कैदमा धेरै वर्ष बिताएका थिए ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.