काठमाण्डौ । टेस्ला र स्पेसएक्स जस्ता कम्पनीका सीईओ एलन मस्क आफ्नो अनौठो हर्कतका लागि परिचित छन्। उनी विश्वका धनी व्यक्तिको सूचीमा परे पनि उनका धेरै कामहरु चर्चाको कारण बनेका छन् ।
यस्तैमा मस्कले आफ्नो नाम परिवर्तन गरेका छन्। एलन मस्कले सामाजिक सञ्जालमा आफ्नो नाम परिवर्तन गरेका हुन् । शनिबार, उनले आफ्नो प्रोफाइलको नाम केसियस म्याक्सिमस नाम राखेका छन्। हालै, मस्कको प्रोफाइल फोटोमा उनको नाम गोर्कलोन रस्ट थियो।
नाम परिवर्तनसँगै मस्कले आफ्नो प्रोफाइल फोटो पनि परिवर्तन गरेका छन् ।
एक्समा आफ्नो नाम परिवर्तन गर्नुका साथै मस्कले आफ्नो प्रोफाइल फोटो पनि परिवर्तन गरेका छन्। तस्बिरमा उनले हतियार आदि लगाएका देखिन्छन्, मानौं उनी युद्धका लागि निस्कन लागेका छन् । तस्बिरमा उनले आफूलाई सम्राट क्यासियस म्याक्सिमसको रूपमा वर्णन गरेका छन्।
रिपोर्टका अनुसार केसियस म्याक्सिमस एक क्रिप्टोकरेन्सी हो। एलोन मस्कले यसलाई प्रचार गरेपछि क्रिप्टोकरन्सीको मूल्य बढेको छ।