काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न आजै बोर्डबाट स्वीकृति पाएको हो ।
कम्पनीले १ः१ अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।