आईतवार, बैशाख ६,२०८३ 02:28:17
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:28:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको सेयरमा कर्नरिङ, कोषहरुलाई भिडाएर ठूला उम्किँदै

Bizshala
गार्डियन माइक्रो लाइफको सेयरमा कर्नरिङ, कोषहरुलाई भिडाएर ठूला उम्किँदै
Shivam Cement

काठमाण्डौं । पछिल्लोपटक दोस्रो बजारमा खेलाडीले लो क्याप भएका कम्पनीको सेयरमा कर्नरिङ गर्ने चलन सामान्यजस्तै भएको छ । आधारभूत रुपमा निकै कमसल यस्ता कम्पनी एउटै ब्रोकरबाट उच्च रुपमा खरिद गरेर सर्वसाधारणलाई भिडाउने वा कुनै सर्वसाधारणको लागानी रहेको म्यूचूअल फण्डलाई नै सेयर बिक्री गरेर सर्बसाधारणको लागानी नै जोखिममा पार्ने पनि गरिन्छ ।  

खासगरि कुनै खेलाडीले सेयर उठाएर आफ्नै मातहातको संस्था वा सामूहिक लगानी कोषलाई नै सेयर भिडाउने गरेको बजारमा केही लगानीकर्ताहरुले आरोप लगाउँदै आएका छन् । यसको पछिल्लो उदाहरण बनेको छ– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । यो कम्पनीको सेयर हाल दोस्रो बजारमा कारोबारमा आएको साढे तीन महिना भएको छ । यो अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६ सय रुपैयाँभन्दा माथि पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसरी लगालग सेयरको भाउ बढ्नुमा बजारका केही खेलाडीले एउटै ब्रोकरबाट सबै सेयर खरिद गरेर कर्नरिङ गरेको लगानीकर्ताहरुको आरोप छ । नाम उल्लेख नगर्ने सर्तमा एक लगानीकर्ताले भने, ‘यो कम्पनीको सेयर भृकुटी स्टक ब्रोकिङ (स्टक ब्रोकर नम्बर ५५)बाट लगातार म्याचिङ गरेर सेयरभाउ उच्च विन्दुमा पुर्याइएको छ  । यस ब्रोकरबाट खरिद गर्नुको उद्देश्य या त कूनै सामूहिक लगानी कोषलाई सेयर बेच्नु हो वा सर्वसाधारणलाई नै बेच्नु हो ।’

उनले थप्दै भने, ‘सर्वसाधारण लगानीकर्ताले पनि यस्तो कम्पनीको सेयर किन्दैन । यो कम्पनीको सेयर कर्नरिङ गर्नुको उद्देश्य  सामूहिक लगानी कोषलाई भिडाउनु नै हो । समूहिक लगानीकोष भनेको पनि सर्वसाधारणकै कोष हो । त्यसैले यसमा केही टाठाबाठाले सेयर उठाएर चलखेल गर्न खोजेको देखिन्छ ।’ ब्रोकर होल्डिङमार्फत नियाल्दा यो कम्पनी ब्रोकर नम्बर ५५ बाट उच्च मात्रामा खरिद र ब्रोकर नम्बर ५८ बाट उच्च मात्रामा बिक्री भएको देखिन्छ ।

CG Motors
Garima Development Bank
IME remit

आधारभूत रुपमा यो कम्पनी कस्तो ?

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चूक्तापूँजी ७५ करोड मात्रै रहेको देखिन्छ । कम्पनीको जगेडा कोषमा १ करोड ९० लाख रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ४.८८ रुपैयाँ रहेको छ भने बुक भ्यालु पनि १०३.३६ रुपैयाँ मात्रै रहेको छ । यो भनेको कम्पनीको सेयर मूल्य ५३३ गूणाले महंगो हो ।  

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.