शनिबार, जेष्ठ १०,२०८२ 02:08:01
IME remit
  • शनिबार, जेष्ठ १०,२०८२ 02:08:01
IME remit
Global IME Bank Limited

शिखर इन्स्योरेन्सले पायो प्रतिष्ठित डबल ए माइनस रेटिङ, देशकै बलियो बीमा कम्पनी रहेको पुनः पुष्टि

Hyundai Nepal
शिखर इन्स्योरेन्सले पायो प्रतिष्ठित डबल ए माइनस रेटिङ, देशकै बलियो बीमा कम्पनी रहेको पुनः पुष्टि
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स इक्रा नेपालबाट AA-(डबल ए माइनस) को रेटिङ प्राप्त गरी नेपालको सबैभन्दा बलियो तथा सुरक्षित बीमा कम्पनीका रुपमा उभिन सफल भएको छ ।  

नेपाल सरकारको लगानी तथा बैदेशिक लगानी रहेको कम्पनीहरुबाहेकका कम्पनीहरुमध्ये AA- रेटिङ वा सोभन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने शिखर इन्स्योरेन्स एक्लो कम्पनी समेत बनेको छ ।  

नेपालमा सरकारको स्वमित्व रहेको दुईवटा निकाय र बैदेशिक लगानी रहेको तीनवटा बैंकहरुले मात्र AA- वा सोभन्दा उच्चस्तरको रेटिङ प्राप्त गरेका छन् । 

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

सो रेटिङका लागि शिखर इन्स्योरेन्स योग्य बन्नुको कारणको विषयमा समेत इक्रा नेपालले विभिन्न पक्षहरुको विश्लेषण गरेको छ ।  

महाविपत्ति पुनर्बीमा तथा उत्कृष्ट पुनर्बीमा तथा जोखिम व्यवस्थापन  

शिखर इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमध्यकै सबैभन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्बीमा व्यवस्था गरेको छ । Hanover Re  तथा Swiss Re जस्ता अन्तराष्ट्रिय रुपमै अग्रणी पुनर्बीमा कम्पनीहरुको साथ पाएको शिखर इन्स्योरेन्सले आफ्ना पुनर्बीमकहरुकै साथका कारण भूकम्प तथा बाढीलगायतका बीमा दाबीको भुक्तानी द्रुत गतिमा गर्न सफल हुँदै आएको छ ।  

विगतमा समेत भूकम्प, बाढी तथा पहिरो तथा हुलदंगाको दाबी दु्रत गतिमा भुक्तानी गरी नेपालको निर्जिवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा कम्पनीको रुपमा आफूलाई प्रमाणित गर्दै आएको छ  ।

यसका साथै, शिखर इन्स्योेरेन्स ISO 27001 Information Security Management System को अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जिवन बीमा कम्पनीका रुपमा समेत रहेको छ । 

Muktinath Bikas Bank Limited

उत्कृष्ट सोल्भेन्सी अनुपात

नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पुँजी सम्बन्धि व्यवस्थाहरु अनुसार समेत ३.६७ को उत्कृष्ट सोल्भेन्सी अनुपातसँगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको रु.२५० करोडको न्युनतम चुक्तापुँजी कायम भइसकेको अवस्थामा समेत नगद लाभांशको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ ।  

बजार हिस्सा

शिखर इन्स्योरेन्सले विगत १० वर्षदेखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबैभन्दा अधिक बजार हिस्सा ओगट्न सफल रहँदै आएको छ । अन्य बीमा कम्पनीहरु एकआपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो अग्रणी बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ ।  

अनुभवी व्यवस्थापन

कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ सँगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.