काठमाण्डौ । अमेरिकी संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिलाई अवैध घोषित गरेको म्यानहट्टनस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतको आदेशमा रोक लगाएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई हरेक देशमा कर लगाउने अधिकार नदिने फैसला गरेको थियो। म्यानहट्टन अदालतले अमेरिकी संविधानले कांग्रेस (संसद) लाई अन्य देशहरूसँगको व्यापार नियमन गर्न विशेष अधिकार दिएको र राष्ट्रपतिको ुअर्थतन्त्र सुधार गर्ने उद्देश्यलाई उल्लङ्घन गर्न नसकिने बताएको थियो।
यस निर्णयविरुद्ध ट्रम्प प्रशासनले अपिल गरेको थियो।
आफ्नो अपीलमा, ट्रम्प प्रशासनले ट्रेड कोर्टको निर्णयले महिनौं लामो व्यापार वार्तालाई धम्की दिने बताएको छ। ट्रम्प प्रशासनले भन्यो, ‘विदेश नीति र आर्थिक नीति राजनीतिक शाखाहरूले बनाउँछन्, अदालतले होइन।’
संघीय पुनरावेदन अदालतको अन्तरिम आदेश अनुसार ट्रम्प प्रशासनले सुनुवाई नभएसम्म आयात कर संकलन जारी राख्न सक्छ।
यस मुद्दाको अर्को सुनुवाई जुन ५ मा हुनेछ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                