काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २४ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.७६ रुपैयाँ र बिक्रीदर १४४.४२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.२२ रुपैयाँ र बिक्रीदर १६८.९८ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.२५ रुपैयाँ र बिक्रीदर ८६.६५ रुपैयाँ रहेको छ ।
एक युएई डिरामको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६.१६ रुपैयाा रहेको छ । एक कुवेती डिनारको खरिददर ४२९.७३ रुपैयाँ र बिक्रीदर ४३१.६८ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।