काठमाण्डौ । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड(एचआईडिसीएल)का लगानीकर्ताहरुको खातामा आगामी साताबाट लाभांश जाने भएको छ ।
ग्लोबल आइएमई क्यापिटलकाअनुसार लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएर आइसकेकोले आगामी साताबाट लगानीकर्ताहरुको खातामा पठाउने कार्य हुनेछ । लगानीकर्ताहरुले आर्थिक वर्ष २०७९-०८० को मुनाफाबाट लाभांश पाउन लागेका हुन् ।
कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले मुनाफाबाट ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । सो प्रस्ताव पुस २९ गतेको साधारणसभाबाट पारित भएको थियो ।
साधारणसभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोजको निर्णय गरेको थियो । यसको अर्थ पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
साथै लगानीकर्ताहरुले लाभांश खातामा नै पाउन आफ्ना खाता पनि चुस्तदुरुस्त हुनुपर्नेछ ।
लगानीकर्ताहरुको खाता नम्बर नमिलेको अवस्थामा वा डोरम्याट(खाता निस्क्रिय) भएको खण्डमा पैसा नजान पनि सक्छ ।