काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अर्बपति एलन मस्कबीचको तिखो बयानबाजीले टेस्ला कम्पनीको सेयरमा प्रभाव पारेको छ । बिहीबार कम्पनीको सेयरमा भारी गिरावट देखिएको छ । बिहीबार मस्कको कम्पनीको सेयर १४ प्रतिशतले घटेपछि कम्पनी बजार पूँजीकरण करिब १५० अर्ब डलरले घटेको हो ।
विज्ञहरूका अनुसार टेस्लाका लागि पछिल्ला केही महिनाहरूमा यो सबैभन्दा खराब दिन थियो।
यो घाटाले सरकारसँग मस्कको द्वन्द्व बढेमा उनलाई ठूलो नोक्सान हुने संकेत गरेको छ । ट्रम्प र मस्कबीचको विवाद बढ्दै गएपछि ट्रम्पले स्पेसएक्स जस्ता एलोन मस्कका कम्पनीहरूलाई दिइएको सरकारी ठेक्का खारेज गर्ने धम्की दिएका छन्।
यसको जवाफमा मस्कले भने, ‘तिमीलाई जे मन लाग्छ गर, मलाई मतलब छैन ।’
ट्रम्प र एलोन मस्कबीचको मतभेद पहिलो पटक सामाजिक सञ्जालमा बाहिर आएको थियो। यी दुईबीचको मतभेद सुरुमा नीतिलाई लिएर बहसबाट सुरु भयो तर चाँडै उनीहरूले एकअर्कामाथि व्यक्तिगत आक्रमण गर्न थाले।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                