काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार लस एन्जलसमा जारी विरोध प्रदर्शन रोक्न थप २ हजार नेसनल गार्ड सेना परिचालन गर्न आदेश दिएका छन्। पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले थप २ हजार नेशनल गार्ड सेनालाई लस एन्जलस पठाइने बताए।
‘राष्ट्रपतिको आदेशमा, रक्षा विभागले थप २ हजार क्यालिफोर्निया नेशनल गार्ड सेनालाई आईसीई र संघीय कानून प्रवर्तन अधिकारीहरूलाई सुरक्षित रूपमा काम गर्न मद्दत गर्न ड्यूटीमा बोलाएको छ,’ उनले भने।
यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा दुई हजार नेशनल गार्ड सैनिक तैनाथ गर्न आदेश दिएका थिए। यसको मतलब अहिले चार हजार नेशनल गार्ड तैनाथ गरिएको छ ।
अमेरिकी अध्यागमन एजेन्सीले अवैध आप्रवासीमाथि गरेको छापाको विरोधमा अमेरिकाको क्यालिफोर्निया सहर लस एन्जलसमा लगातार चार दिनदेखि प्रदर्शन भइरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                