Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 01:53:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रदेश सरकारहरुले आज आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै

Laxmi Sunrise Bank Limited
प्रदेश सरकारहरुले आज आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै
Shivam Cement

काठमाण्डौ । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान रहेकाले प्रदेश सरकारहरुले आज बजेट ल्याउने तयारी गरेका हुन् । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ ।

प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसँगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा प्रदेशका लागि वित्तीय समानीकरण अनुदानका ६० अर्ब ६६ करोड रुपैँया विनियोजन गरेको छ ।

Bizshala
New Office
CG Motors

त्यसैगरी सशर्त अनुदान ३० अर्ब ३५ करोड, समपूरक अनुदान ३ अर्ब २८ करोड र विशेष अनुदान ३ अर्ब २७ करोड रुपैँया छुट्ट्याइएको छ । संघीय सरकारले राजस्व बाँडफाँड र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्षमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैँया हस्तान्तरण हुने संघीय सरकारले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

चालु आर्थिक वर्षका लागि सात वटै प्रदेश सरकारहरुले २खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँको बजेट ल्याएका थिए । सबै प्रदेशहरुमा प्रभावकारी ढंगबाट पूँजीगत खर्च हुन नसक्ने समस्या देखिएको छ ।

प्रदेश सरकारहरुले पूँजीगत खर्च गर्न सक्ने क्षमताको अभिवृद्धि र भौतिक पुर्वाधार निर्माणको खर्चलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जनाएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.