आईतवार, आश्विन २५,२०८३ 08:22:05
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 08:22:05
Bizshala
Global IME Bank Limited

एशियन पेन्ट्स नेपालद्वारा ‘कलर नेक्स्ट २०२५’ सम्पन्न

Bizshala
एशियन पेन्ट्स नेपालद्वारा ‘कलर नेक्स्ट २०२५’ सम्पन्न
New Office

काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो पेन्ट कम्पनी, एशियन पेन्ट्स नेपालले आफ्नो वार्षिक कार्यक्रम कलर नेक्स्ट २०२५’ भव्य रुपमा आयोजना गरेको छ ।  जसमा नामी आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कलाकार, इन्फ्लुएन्सर, रचनात्मक तथा मिडिया क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।  

यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा वर्ष २०२५ को कलर अफ द एयरको रूपमा ‘कार्डिनल’ रंगको घोषणा गरिएको छ । जसले नेपालमा डिजाइन, नवीनता र रचनात्मक संवादमा एशियन पेन्ट्सको नेतृत्व र प्रतिबद्धता झल्काउने कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एशियन पेन्ट्सले सन् २००३ देखि ट्रेण्ड फोरकास्टको क्षेत्रमा काम गर्दै आएको छ। कलर नेक्स्ट एशियन पेन्ट्सद्वारा हरेक वर्ष गरिने व्यापक अभ्यास हो, जसमा मानव व्यवहारमा प्रभाव पार्ने विश्वव्यापी सामाजिक–सांस्कृतिक प्रबिधिहरूको अध्ययन गरिन्छ र त्यसलाई कलर, म्याटेरियल र फिनिसिङको नयाँ डिजाइन दिशामा रुपान्तरण गरिन्छ। यस प्रक्रियामा उद्योगसँगको अन्तरक्रिया, सांस्कृतिक विज्ञहरूसँग कार्यशाला, र व्यापक द्वितीयक अनुसन्धान समावेश हुन्छ, जसले डिजाइन र डेकोर उद्योगका लागि महत्त्वपूर्ण अन्तर्दृष्टिहरू प्रदान गर्छ।

कार्यक्रमको सुरुवात श्रीबुधदित्य मुखर्जी–क्षेत्रीय प्रमुख (ग्लोबल) ले नेपालमा डेकोर उद्योगमा डिजाइन, नवप्रवर्तन र रचनात्मक संवादलाई नेतृत्व दिने कम्पनीको प्रतिबद्धता दोहोराएर गरेका थिए ।  

कार्यक्रमको अर्को विशेष आकर्षण थियो – ट्रेण्ड फोरकास्ट प्रस्तुति । जुन एशियन पेन्ट्सकी प्रिन्सिपल स्पेसलिस्ट – कलर, मरीशा रेगो डीसुजा द्वारा प्रस्तुत गरेकी थिइन्। उनले २०२५ का लागि तीन प्रमुख डिजाइन प्रवृत्तिहरू सार्वजनिक गरिन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.