काठमाण्डौ । भारतीय उड्ययन नियामकले भारतमा सञ्चालित बोइङ ७८७एस का सबै विमानहरुको परीक्षण गर्न निर्देशन दिएको छ । हालै एयर इण्डियाको विमान दुर्घटनामा २७० जनाको मृत्यु भएसँगै भारतीय उड्ययनमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
गत शुक्रबार भारतीय उड्ययन नियामकले एयर इण्डियालाई बोइङ ७८७–८÷९ विमानको अतिरिक्त मेन्टेनेन्स चेक गर्न निर्देशन दिएको थियो ।
‘हामीले ७८७ विमानको सुपरीवेक्षणका लागि निर्देशन दिएका छौं । हामीसँग ३४ वटा यस्तो विमान छन्,’ उड्ययनमन्त्री राम मोहन नाइडुले भने । उनले ८ वटा विमानको निरीक्षण गरिएको र बाँकी सबैको पनि गरिने बताए ।
उनले निरीक्षणको क्रममा सरकारी अधिकारीहरुको संलग्नता रहने वा नरहने बारे केही पनि खुलाएनन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।