बिहीबार, बैशाख १०,२०८३ 04:05:54
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 04:05:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सात प्रदेशको झण्डै ३ खर्बको बजेट विनियोजन, कुनको कति ?

Bizshala
सात प्रदेशको झण्डै ३ खर्बको बजेट विनियोजन, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । आगामी आव २०८२/८३ का लागि सात प्रदेशले करिब ३ खर्बको बजेट प्रस्तुत गरेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले सम्बन्धित प्रदेश सभामा प्रस्तुत गर्दै सात प्रदेशले २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएका हुन् ।  

यो बजेट रकम चालु आवको बजेटको तुलनामा ३।२३ प्रतिशत बढी हो । चालु आवको लागि सात प्रदेशले कुल २ खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।  

प्रदेशहरुले पूँजीगत खर्चतर्फ १ खर्ब ७१ अर्ब १७ करोड रुपैयाँको बजेट विनियोजन गरेका छन् । जुन यो गत वर्षको तुलनामा सामान्य बढी हो । त्यस्तै चालु खर्चतर्फ गत वर्ष ९९ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ रहेकोमा यस वर्ष बढेर १ खर्ब ४ अबए ९ करोड रुपैयाँ पुगेको छ ।  

यसपटक लुम्बिनी प्रदेश र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको बजेट बढेको देखिएको छ । सबैभन्दा बढी बागमती प्रदेशले आगामी आवको लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालु आवको भन्दा ४।५५ प्रतिशत बढी हो ।  

बागमती प्रदेश  

बागमती प्रदेशले आगामी आवको लागि ६७ अर्ब ४७ करोड ७५ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । यो बजेट चालु आवको तुलनामा ४।५५ प्रतिशत बढी हो ।  

चालु आवको लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । यो बजेट सबैभन्दा ठूलो बजेट हो ।  

यो रकममध्ये पूँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ छुट्याइएको छ, जुन चालु आवको भन्दा १२ प्रतिशत बढी हो ।  

मधेश प्रदेश  

दोस्रो बढी बजेट ल्याउनेमा मधेश प्रदेश रहेको छ । आगामी आवको लागि मधेश प्रदेशले ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

यो बजेट चालु आवको तुलनामा ७।०४ प्रतिशत बढी हो । चालु आवको लागि मधेश प्रदेशले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बजेट ल्याएको थियो । बजेटमा पूँजीगत खर्चका लागि ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ छुट्याइएको छ ।  

 

 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

लुम्बिनी प्रदेश  

लुम्बिनी प्रदेशले आगामी आवको लागि ३८ अर्ब ९० करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आवको तुलनामा ०।१५ प्रतिशत कम हो ।  

चालु आवको लागि लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट ल्याएको थियो । यो प्रदेशले विकासका लागि महत्वपूर्ण मानिने पूँजीगत खर्चका  लागि २३ अर्ब ४७ करोड १४ लाख रुपैयाँ छुट्याएको छ ।  

कोशी प्रदेश  

कोशी प्रदेशले पनि बजेटको आकार सामान्य बढाएको छ । चालु आवको लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बजेट छु्ट्याएको यस प्रदेशले आगामी आवको लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।  

आगामी आवको बजेट चालु आवको बजेटको भन्दा १।७० प्रतिशत बढी हो । यो प्रदेशले पूँजीगत खर्चका लागि १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।  

सुदूरपश्चिम प्रदेश  

सुदूरपश्चिम प्रदेशले पनि बजेटको आकार सामान्य बढाएको छ । आगामी आवको लागि यो प्रदेशले ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

यो बजेट चालु आवको बजेट भन्दा ५।८४ प्रतिशत बढी हो । चालु आवको लागि यो प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  

यो प्रदेशले पूँजीगत खर्च १७ अर्ब ५३ करोड रुपैयाँबाट बढाएर १९ अर्ब ८३ करोड २ लाख रुपैयाँ पुर्याएको छ भने चालु खर्च ११ अर्ब ७ करोड रुपैयाँबाट घटाएर १० अर्ब २० करोड ८१ लाखमा कायम गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

कर्णाली प्रदेश  

कर्णाली प्रदेशले आगामी आवको लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट  विनियोजन गरेको छ ।  

यो बजेट चालु आवको बजेट भन्दा ५।०५ प्रतिशत बढी हो । यो प्रदेश सरकारले चालु आवको लागि ३१ अर्ब ४१ करोड रुपैयाँ बजेट ल्याएको थियो ।  

यो प्रदेश सरकारले पूँजीगत खर्च गत वर्षको १८ अर्ब ७५ करोड रुपैयाँबाट बढाएर १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।  

गण्डकी प्रदेश  

सात प्रदेशहरुमा सबैभन्दा थोरै बजेट गण्डकी प्रदेशले प्रस्तुत गरेको छ । यो प्रदेशको बजेटको आकार चालु आवको तुलनामा पनि घटेको छ ।  

आगामी आवको लागि गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालु आवको भन्दा ३।०३ प्रतिशत कम हो । चालु आवको लागि यो सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  

बजेटको आकारसँगै यो प्रदेशले पूँजीगत र चालु खर्च दुबै खर्च घटाएको छ । पूँजीगत खर्च १९ अर्ब ५१ करोडबाट घटाएर १९ अर्ब ९ करोड ३३ लाख रुपैयाँमा झारेको छ । त्यस्तै, चालु खर्च १३ अर्ब १६ करोडबाट १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँमा कायम गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.