सोमबार, असार २,२०८२ 10:31:34
  • सोमबार, असार २,२०८२ 10:31:34
Global IME Bank Limited

सात प्रदेशको झण्डै ३ खर्बको बजेट विनियोजन, कुनको कति ?

Hyundai Nepal
सात प्रदेशको झण्डै ३ खर्बको बजेट विनियोजन, कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । आगामी आव २०८२/८३ का लागि सात प्रदेशले करिब ३ खर्बको बजेट प्रस्तुत गरेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले सम्बन्धित प्रदेश सभामा प्रस्तुत गर्दै सात प्रदेशले २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएका हुन् ।  

यो बजेट रकम चालु आवको बजेटको तुलनामा ३।२३ प्रतिशत बढी हो । चालु आवको लागि सात प्रदेशले कुल २ खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।  

प्रदेशहरुले पूँजीगत खर्चतर्फ १ खर्ब ७१ अर्ब १७ करोड रुपैयाँको बजेट विनियोजन गरेका छन् । जुन यो गत वर्षको तुलनामा सामान्य बढी हो । त्यस्तै चालु खर्चतर्फ गत वर्ष ९९ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ रहेकोमा यस वर्ष बढेर १ खर्ब ४ अबए ९ करोड रुपैयाँ पुगेको छ ।  

यसपटक लुम्बिनी प्रदेश र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको बजेट बढेको देखिएको छ । सबैभन्दा बढी बागमती प्रदेशले आगामी आवको लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालु आवको भन्दा ४।५५ प्रतिशत बढी हो ।  

बागमती प्रदेश  

बागमती प्रदेशले आगामी आवको लागि ६७ अर्ब ४७ करोड ७५ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । यो बजेट चालु आवको तुलनामा ४।५५ प्रतिशत बढी हो ।  

चालु आवको लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । यो बजेट सबैभन्दा ठूलो बजेट हो ।  

यो रकममध्ये पूँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ छुट्याइएको छ, जुन चालु आवको भन्दा १२ प्रतिशत बढी हो ।  

मधेश प्रदेश  

दोस्रो बढी बजेट ल्याउनेमा मधेश प्रदेश रहेको छ । आगामी आवको लागि मधेश प्रदेशले ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

यो बजेट चालु आवको तुलनामा ७।०४ प्रतिशत बढी हो । चालु आवको लागि मधेश प्रदेशले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बजेट ल्याएको थियो । बजेटमा पूँजीगत खर्चका लागि ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ छुट्याइएको छ ।  

 

 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लुम्बिनी प्रदेश  

लुम्बिनी प्रदेशले आगामी आवको लागि ३८ अर्ब ९० करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आवको तुलनामा ०।१५ प्रतिशत कम हो ।  

चालु आवको लागि लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट ल्याएको थियो । यो प्रदेशले विकासका लागि महत्वपूर्ण मानिने पूँजीगत खर्चका  लागि २३ अर्ब ४७ करोड १४ लाख रुपैयाँ छुट्याएको छ ।  

कोशी प्रदेश  

कोशी प्रदेशले पनि बजेटको आकार सामान्य बढाएको छ । चालु आवको लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बजेट छु्ट्याएको यस प्रदेशले आगामी आवको लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।  

आगामी आवको बजेट चालु आवको बजेटको भन्दा १।७० प्रतिशत बढी हो । यो प्रदेशले पूँजीगत खर्चका लागि १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।  

सुदूरपश्चिम प्रदेश  

सुदूरपश्चिम प्रदेशले पनि बजेटको आकार सामान्य बढाएको छ । आगामी आवको लागि यो प्रदेशले ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

यो बजेट चालु आवको बजेट भन्दा ५।८४ प्रतिशत बढी हो । चालु आवको लागि यो प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  

यो प्रदेशले पूँजीगत खर्च १७ अर्ब ५३ करोड रुपैयाँबाट बढाएर १९ अर्ब ८३ करोड २ लाख रुपैयाँ पुर्याएको छ भने चालु खर्च ११ अर्ब ७ करोड रुपैयाँबाट घटाएर १० अर्ब २० करोड ८१ लाखमा कायम गरेको छ ।  

कर्णाली प्रदेश  

कर्णाली प्रदेशले आगामी आवको लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट  विनियोजन गरेको छ ।  

यो बजेट चालु आवको बजेट भन्दा ५।०५ प्रतिशत बढी हो । यो प्रदेश सरकारले चालु आवको लागि ३१ अर्ब ४१ करोड रुपैयाँ बजेट ल्याएको थियो ।  

यो प्रदेश सरकारले पूँजीगत खर्च गत वर्षको १८ अर्ब ७५ करोड रुपैयाँबाट बढाएर १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।  

गण्डकी प्रदेश  

सात प्रदेशहरुमा सबैभन्दा थोरै बजेट गण्डकी प्रदेशले प्रस्तुत गरेको छ । यो प्रदेशको बजेटको आकार चालु आवको तुलनामा पनि घटेको छ ।  

आगामी आवको लागि गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालु आवको भन्दा ३।०३ प्रतिशत कम हो । चालु आवको लागि यो सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  

बजेटको आकारसँगै यो प्रदेशले पूँजीगत र चालु खर्च दुबै खर्च घटाएको छ । पूँजीगत खर्च १९ अर्ब ५१ करोडबाट घटाएर १९ अर्ब ९ करोड ३३ लाख रुपैयाँमा झारेको छ । त्यस्तै, चालु खर्च १३ अर्ब १६ करोडबाट १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँमा कायम गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.