काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २७ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१६ रुपैयाँ र बिक्रीदर १३२.७६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५० रुपैयाँ र बिक्रीदर १४५.१६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.५५ रुपैयाँ र बिक्रीदर १७०.३२ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.८२ रुपैयाँ र बिक्रीदर ८८.२२ रुपैयाँ रहेको छ ।
एक जापानी येनको खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३५.९८ रुपैयाँ र बिक्रीदर ३६.१५ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.२१ रुपैयाँ र बिक्रीदर २८.३४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३०.३५ रुपैयाँ र बिक्रीदर ४३२.३० रुपैयाँ कायम भएको छ ।