मंगलवार, आश्विन १३,२०८३ 09:52:01
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:52:01
Bizshala
Global IME Bank Limited

एयर इन्डियाको उडानमा १५% को कटौती, कुन-कुन रुटमा चल्यो कैँची ?

Bizshala
एयर इन्डियाको उडानमा १५% को कटौती, कुन-कुन रुटमा चल्यो कैँची ?
New Office

काठमाण्डौ । भारतको हवाई कम्पनी एयर इन्डियाले बोइङ ७८७ र ७७७ जस्ता ठूला विमानबाट सञ्चालित केही उडानहरू घटाउने घोषणा गरेको छ। एयरलाइन्सले यी उडानहरूलाई १५ प्रतिशतसम्म घटाउने घोषणा गरेको छ । एयर इन्डियाले यो कटौती जुन २१ बाट सुरु हुने र कम्तिमा जुलाई १५ सम्म जारी रहने स्पष्ट गरेको छ। यसको मतलब यो अवधिमा यी ठूला वाइड बडी विमानका केही उडानहरू घटाइनेछन्।

यस अन्तर्गत तीन रुटका उडानहरु असार १५ गतेसम्म बन्द रहने निर्णय गरिएको छ। जसमा दिल्लीदेखि नैरोबी, अमृतसरदेखि लन्डन ग्याटविक र गोवा मोपादेखि लण्डन ग्याटविक जुन २१ देखि जुलाई १५ सम्मका सबै उडानहरु समेटिएका छन् ।अन्तर्राष्ट्रिय क्षेत्रका धेरै उडानहरु असार १५ गतेसम्म घटाइएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उत्तर अमेरिकाको क्षेत्रमा, दिल्ली–टोरन्टो एक हप्तामा १३ बाट सात, दिल्ली–भ्यानकुभर एक हप्तामा सात बाट पाँच, दिल्ली–सान फ्रान्सिस्को एक हप्तामा १० बाट घटाएर ७, दिल्ली–शिकागो उडान हप्ताको सात उडानबाट घटाएर तीन र दिल्ली–वाशिंगटन उडान हप्ताको पाँच उडानबाट घटाएर तीन उडान गरिएको छ।

त्यसैगरी युरोपेली मुलुकका लागि दिल्ली–लण्डन उडान हप्तामा २४ बाट २२, बैंग्लोर–लण्डन ७ बाट ६, अमृतसर–बर्मिङघम र दिल्ली–बर्मिङघम हप्तामा ३ बाट घटाएर २, दिल्ली–पेरिस उडान १४ बाट घटाएर १२, दिल्ली–मिलान ७ देखि ४, दिल्ली–कोपेनहेगन ५ देखि ३, दिल्ली–भिएना ४ देखि ३ र दिल्ली–एम्सटर्डम हप्ताको ७ उडानबाट ५ उडान हुनेछ।  

अष्ट्रेलियामा दिल्ली–मेलबोर्न र दिल्ली–सिड्नी हप्तामा सातबाट पाँच उडान गर्ने, सुदूर पूर्वमा दिल्ली–टोकियो सातको सट्टा सातामा ६ र दिल्ली–सियोल हप्तामा ५ को सट्टा ४ उडान हुनेछन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.