काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार ६ गते स्वीकृती पाएको हो ।
सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत दरले ब्याज पाइने छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।