काठमाण्डौ । बेलायती प्रधानमन्त्री कियर स्टारमरले इरानलाई कहिले पनि आणविक हतियार बनाउन अनुमति दिन नसकिने बताएका छन् । इरानको आणविक साइटहरूमा अमेरिकी आक्रमणको प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो बयानमा भने, ‘इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा हो। इरानलाई कहिले पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र यो खतरा कम गर्न अमेरिकाले यो कदम चालेको हो।’
उनले थप्दै भने ‘मध्यपूर्वको अवस्था अझै पनि धेरै संवेदनशील छ र त्यस क्षेत्रमा स्थिरता कायम राख्नु प्राथमिकता हो।’ कियर स्टारमरले इरानलाई आणविक सम्झौतामा पुनः वार्ता सुरु गर्न अपील गरेका छन्।
उनले इरानले यो संकट अन्त्य गर्न कूटनीतिक समाधान खोज्नु पर्ने समेत बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                