आईतवार, आश्विन २५,२०८३ 01:40:25
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:40:25
Bizshala
Global IME Bank Limited

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा

Bizshala
विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा
New Office

काठमाण्डौ । इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ । विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्याउने प्रमुख लक्ष्यका साथ काठमाण्डौको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो ।

कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसोरिजहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए। वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेगरी सञ्चालनमा ल्याइएको अटो पार्लरले ईभीका प्रिमियिम एसेसोरिजहरू उपलब्ध गराउनाका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने जानकारी उनले दिए ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

केसीका अनुसार अटो पार्लरले तत्कालका लागि विभिन्न ब्राण्ड र मोडलअनुसारको एसेसोरिजहरू उपलब्ध गराएको छ । जस्तै, बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा र ओरा गुड क्याटलगायत गाडीका सम्पूर्ण एसेसोरिजहरू प्रिमियम क्वालिटीमा उपलब्ध रहेको उनको भनाइ छ । ‘अहिले नेपाली बजारमा धेरै चलेका चिनियाँ कारहरूको एसेसोरिज उपलब्ध गराएका छौँ । भविष्यमा जुन–जुन ब्राण्डले नेपाली बजारमा प्रभुत्व जमाउँदै जान्छ तिनै गाडीका एसेसोरिजहरूको उपलब्धता बढाउँदै जानेछौँ,’ प्रबन्ध निर्देशक केसीले भने ।

उनका अनुसार अटो पार्लरमा मिरर कभर, डोल ह्याण्डिल, कभर, ह्याण्डिल वाउल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एण्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युयुन ३६० क्यामेरालगायत एसेसोरिजहरू उपलब्ध छन् । यसका अलावा आईसीई गाडीका एसेसोरिजसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

अटो पार्लरमा ग्राहकलाई उपयुक्त एसेसोरीज छनोट गर्न प्राविधिक सहयोग समेत उपलब्ध गराइने प्रबन्ध निर्देशक केसीले बताए । गाडी तथा मोटरसाइकलको पर्याप्त पार्किङ सुविधासहित सञ्चालनमा ल्याइएको अटो पार्लरका ग्राहकले पर्याप्त समय लिएर आफूलाई चाहिने सामान खरिद गर्नाका साथै सँगै बसेर फिटिङ गराउन समेत सक्नेछन् ।

CG Motors
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.