आईतवार, आश्विन २५,२०८३ 01:40:24
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:40:24
Bizshala
Global IME Bank Limited

६७०० किमीको यात्रासँगै टाटा कर्भ ईभीमा काठमाण्डौदेखि कन्या कुमारीसम्मको यात्रा सम्पन्न

Bizshala
६७०० किमीको यात्रासँगै टाटा कर्भ ईभीमा काठमाण्डौदेखि कन्या कुमारीसम्मको यात्रा सम्पन्न
New Office

काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले काठमाण्डौदेखि कन्या कुमारीसम्मको के टु के ड्राइभ सफलतापूर्वक सम्पन्न गरेका चर्चित अटो उत्साही अवशिष प्रसाद ओझा र विजयराम कासजूलाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ। विश्व वातावरण दिवस २०८२ (जेठ २३) को दिन थापाथलीस्थित टाटामोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा, भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म पुगेर करिब ६७०० किलोमिटरको यात्रापछि थापाथलीस्थित टाटामोटर्स शोरूमबाटै सम्पन्न भएको छ।

आज टाटा कर्भ ईभीको यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कासजूसँग थापाथलीस्थित पीभीबीयु शोरूममा विशेष अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू, र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

अवशिष ओझाले भने, ‘कर्भ ईभीले लामो दुरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो। भारतभरका चार्जिङ स्टेसनहरू, रोड कन्डिसन र गाडीको परफर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्यौं। कर्भ ईभीले भारतमा एकै चार्जमा ५०० किलोमिटर भन्दा बढीसम्म दियो र नेपालमा ३७५ किलोमिटर भन्दा बढी रेञ्ज दिएको थियो, जुन एकदमै प्रभावशाली रह्यो। टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनुहुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ।’

विजयका सजुले थपे, ‘यात्रा केवल ड्राइभ मात्र होइन, यो विद्युतीय सम्भावनाहरूको परीक्षण थियो — र हामी उत्साहित छौं कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्यो।’

कार्यक्रममा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्तजंग सिजापतिले भने, ‘हामी यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व गर्छौं।यी प्रेरणादायक अटो उत्साहीहरूलाई धेरै–धेरै बधाई छ। कुनै समय काठमाण्डौ बाहिर विद्युतीय गाडी लग्न दुइचोटी सोच्नुपर्थ्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भन्ने सन्देश यो ड्राइभले पुष्टी गरेको छ।’

CG Motors
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.