काठमाण्डौ । जापान आर्थिक मन्दीको दुष्चक्रबाट बाहिर निक्लिएको छ । चौथौ त्रैमासमा अर्थतन्त्रमा वार्षिक ०.४ प्रतिशतको वृद्धि देखिएसँगै जापानले आर्थिक मन्दीको खतरालाई टारेको हो ।
यो वृद्धि ०.४ प्रतिशत संकुचन आउने सुरुवाति आँकलनभन्दा राम्रो हो । यद्यपी यो वृद्धि अर्थशास्त्रीहरुले गरेको १.१ प्रतिशत वृद्धिको प्रक्ष्येपणभन्दा भने कम नै हो ।
नयाँ ताजा आँकडा अनुसार जापान विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । तेस्रो स्थानमा जर्मनी रहेको छ । कल कारखाना र मेसिनरी प्रविधिमा कम्पनीहरुले गरेको लगानीका कारण जापानले प्राविधिक आर्थिक मन्दीलाई टारेको हो ।
त्रैमासिक रुपमा भने जापानको जीडीपी ०.१ प्रतिशतले बढेको छ । जुन सुरुवाति ०.१ प्रतिशतको गिरावट भन्दा धेरै हो ।
सुरुवातमा ०.१ प्रतिशतले घटेको पूँजीगत खर्च २ प्रतिशतले वृद्धि भएको छ । जापानको केन्द्रीय बैंकले नकारात्मक ब्याजदरलाई घटाउने बजारको अपेक्षासँगे जापानको अर्थतन्त्रमा सुधार देखिएको हो । बैंक अफ जापानका सञ्चालक समितिका सदस्यहरुले जापानको केन्द्रीय बैंक २ प्रतिशत मुद्रास्फिीतितर्फ अग्रसर भईरहेको बताएका थिए ।
तर अक्टोबर–डिसेम्बर महिनामा जापानको अर्थतन्त्रको ६० प्रतिशत हिस्सा ओगटेको निजी उपभोग भने ०.३ प्रतिशतले घटेको छ । जुन ०.२ प्रतिशत गिरावटको सुरुवाति प्रक्ष्येपणभन्दा धेरै हो । गत साता जापानमा लगातार २२ महिना मुद्रास्फीति–समायोजित वास्तविक ज्यालामा गिरावट आएको थियो ।