काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विरोधी नीतिहरूमा आफुलाई पङ्क्तिबद्ध गर्ने ब्रिक्समा सम्मिलित देशहरूलाई थप १० प्रतिशत ट्यारिफ लगाउने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो बताएका हुन् ।
‘ब्रिक्सको अमेरिकी विरोधी नीतिहरूसँग सम्बद्ध कुनै पनि देशमा थप १० प्रतिशत ट्यारिफ लगाइनेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन,’ उनले ट्रुथ सोसलमा लेखेका छन्। यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिका सम्बन्धमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् र न त यसबारे कुनै उल्लेख गरेका छन् ।
ब्राजिल, रुस, भारत र चीन मिलेर सन् २००९ मा ब्रिक्स समूह गठन भएको थियो । यसपछि दक्षिण अफ्रिका पनि यो समूहमा परेको थियो । सन् २००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि यस समूहमा सदस्यका रूपमा सामेल भएका थिए ।