काठमाण्डौ । चौधरी ग्रुपले रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल)सँगको साझेदारीमा नेपालमा भारतीय पेय ब्रान्ड ‘क्याम्पा’को शुभारम्भ गरेको छ। रिलायन्सले सन् २०२३ मा भारतीय बजारमा पुनः क्याम्पालाई उतारेको थियो । ’
दुई वर्षको अवधिमा, क्याम्पाले भारतीय चिसो पेय बजारमा आफूलाई बलियो खेलाडीको रूपमा स्थापित गरेको छ। युएई, ओमान, कतार र बहराइन जस्ता जीसीसी देशहरूमा लन्च गरेपछि मुकेश अम्बानीको कम्पनीले अब नेपालमा पनि क्याम्पा ब्रान्ड लन्च गरेको छ।
रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडका कार्यकारी निर्देशक केतन मोदीले भने, ‘हामी हाम्रो साझेदार चौधरी ग्रुपसँगको सहकार्यमा हाम्रो ब्राण्ड क्याम्पाको साथ नेपालको बजारमा प्रवेश गर्न पाउँदा निकै उत्साहित छौं । क्याम्पा ५० वर्ष पुरानो भारतीय ब्रान्ड हो, जसले अझै पनि उपभोक्ताहरूबाट माया पाइरहेको छ। हामीले यस क्षेत्रमा द्रुत विकासको अपार सम्भावना देखिरहेका छौं। हाम्रा ग्राहकहरूलाई सस्तो मूल्यमा विश्वव्यापी गुणस्तरका उत्पादनहरू उपलब्ध गराउने हाम्रो अनुभव अपार रहेको छ। हामी विश्वस्त छौं कि यो ब्रान्डले नेपाली उपभोक्ताहरूलाई ताजा र उत्कृष्ट स्वाद प्रदान गर्नेछ।’
नेपालमा क्याम्पाको शुभारम्भ भएकोमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘रिलायन्स कन्जुमर प्रोडक्ट्ससँगको सहकार्यमा क्याम्पालाई नेपालमा ल्याउन पाउँदा हामी गर्व गर्छौं। यो साझेदारीले उपभोक्ताहरूलाई उच्च गुणस्तरीय सामग्री उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँछ ।’
उनले क्याम्पाले स्वादको बारेमा स्थानीय उपभोक्ताहरूसँग कडा रूपमा जोडिने बताए। ‘हामी हाम्रो बलियो वितरण सञ्जाल र बजार विशेषज्ञताको सदुपयोग गरेर क्याम्पालाई नेपालमा लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्न तत्पर छौं,’ चौधरीले भने ।
नेपालमा क्याम्पा पोर्टफोलियोमा सुरुमा क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा ओरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक समावेश हुनेछन्। पोर्टफोलियो पछि विस्तार गरिनेछ। क्याम्पा कोला, क्याम्पा ओरेन्ज र क्याम्पा लेमन जस्ता २५० एमएल क्याम्पा कार्बोनेटेड सफ्ट ड्रिंक्सको मूल्य ३० नेपाली रुपैयाँ पर्छ । यस्तै क्याम्पा इनर्जी बेरी किक २५० एमएल ४० नेपाली रुपैयाँमा उपलब्ध हुनेछ ।