बुधबार, भाद्र २५,२०८२ 04:41:47
  • बुधबार, भाद्र २५,२०८२ 04:41:47
Global IME Bank Limited

खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि

Hyundai Nepal
खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि

काठमाण्डौ । विकास बैंकहरुको  समूहको लिडर कम्पनी मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४२ करोड खूद नाफा कमाएको छ ।  

अघिल्लो आर्थिक वर्षको यही अवधिमा भने बैंकले ६२ करोड ६२ लाख नाफा आर्जन गरेको थियो । खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्जको रुपमा कमाएको नाफामध्ये ठूलो रकम छुट्याउनुपर्दा खूद नाफामा प्रभाव परेको देखिएको हो ।  

बैंकले समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्जमा ७८ करोड ६२ लाख राखेको छ । अघिल्लो वर्ष यस्तो चार्जमा ४४ करोड १७ लाख रुपैयाँ मात्र राख्नुपरेको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 

अघिल्लो वर्षको यही अवधिसम्म ०.९८ रहेको खराब कर्जाको अनुपात ह्वात्तै बढेर २.५१ प्रतिशत पुगेका कारण समेत नाफा प्रभावित भएको हो ।  

नाफा घटेसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि घटेर ११.९२ रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा १७.७७ रुपैयाँ रहेको थियो ।  

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ७२ लाखले नेगेटिभ रहेको छ । अघिल्लो वर्ष ६ करोडले धनात्मक थियो ।  

अप्ठ्यारो अवस्थामा समेत बैंकले खूद ब्याज आम्दानीमा थोरै भए पनि बढोत्तरी गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ४ करोड रहेको खूद ब्याज आम्दानी थोरै बढेर यो वर्ष २ अर्ब ८ करोड माथि पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९६ अर्ब २९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ खर्ब १६ अर्ब बढी निक्षेप संकलन गरी ९४ अर्ब ४५ करोड बढी कर्जा परिचालन गरेको थियो ।  

समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ३२.२६ गुणा, तरलता अनुपात २१.२५ प्रतिशत, रिटर्न अन इक्वीटी ८.७० प्रतिशत, प्रतिसेयर नेटवर्थ १३७.०३ रुपैयाँ रहेको छ ।  

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.