मंगलवार, आश्विन २८,२०८२ 06:50:00
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 06:50:00
IME remit
Global IME Bank Limited

सिद्धार्थ बैंकको ऋणपत्रको बिक्री आवेदन आजबाट बन्द हुँदै

Hyundai Nepal
सिद्धार्थ बैंकको ऋणपत्रको बिक्री आवेदन आजबाट बन्द हुँदै
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार २९ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।  

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिदैछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।  ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि गत असार ६ गते स्वीकृती पाएको थियो । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.