काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ३० गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१४ रुपैयाँ र बिक्रीदर १३२।७४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५० रुपैयाँ र बिक्रीदर १४५.१५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०५ रुपैयाँ र बिक्रीदर १६९.८१ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.४४ रुपैयाँ र बिक्रीदर ८७.८३ रुपैयाँ रहेको छ ।
एक जापानी येनको खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३५.९८ रुपैयाँ र बिक्रीदर ३६.१४ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.२५ रुपैयाँ र बिक्रीदर २८.३८ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५०.५५ रुपैयाँ र बिक्रीदर ३५२.१४ रुपैयाँ कायम भएको छ ।