बुधबार, भाद्र २५,२०८२ 10:32:10
  • बुधबार, भाद्र २५,२०८२ 10:32:10
Global IME Bank Limited

बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन

Hyundai Nepal
बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन

काठमाण्डौ । बजार खुलेको केही मिनेटमै अपर तामाकोशी हाइड्रोपावर लिमीटेडको दोश्रो बजार मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।  

यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको तुलनामा १० प्रतिशतले घटेपछि बजार खुलेको केही मिनेटमै नेगेटिभ सर्किट लागेको हो ।  

बजारमा यो कम्पनीको १०० प्रतिशत अर्थात १० करोड ५९ लाख कित्ता हकप्रद सेयर कारोबारका लागि सूचीकृत भएपछि त्यसको प्रभाव मूल्यमा देखिएको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बुधबार बजारमा अपर तामाकोशीको सेयर बिक्री गर्नेहरुको अत्यधिक चाप देखियो भने खरीदतर्फ कुनै अर्डर देखिएन । फलस्वरुप केही मिनेटमै यो कम्पनीको सेयरको मूल्य तीव्र रुपमा घटेर नेगेटिभ सर्किट लाग्न पुग्यो ।  

कतिपय कमजोर कम्पनीहरुलाई जथाभावी हकप्रद निश्कासनको स्वीकृति दिंदा त्यसले दोश्रो बजार मूल्यमा कस्तो प्रभाव पार्नसक्छ भन्ने ताजा उदाहरण अपर तामाकोशीको सेयर भएको छ ।  

कम्पनीहरुले पूँजीको आकार मात्र बढाउने, तर तिनीहरुको आम्दानीको स्रोत खुम्चिँदै गएर लाभांश क्षमता समेत घट्दै जाने हो भने त्यसले बजारमा यस्ता धेरै कम्पनीहरुको जन्म दिने विश्लेषकहरु बताउँछन् ।  

पछिल्लो समय अपर लगायतका हाइड्रोपावर कम्पनीहरुलाई जथाभावी हकप्रद सेयर निश्कासनको अनुमति दिइएको भन्दै तीव्र विरोध हुँदै आएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.