मंगलवार, भाद्र २,२०८३ 04:46:35
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 04:46:35
Bizshala
Global IME Bank Limited

सेयरबजारका एक सफल पात्रः जसले जोडे काठमाण्डौमा घर र गाडी, घुमे अमेरिकासहित १२ देश

सेयरबजारका एक सफल पात्रः जसले जोडे काठमाण्डौमा घर र गाडी, घुमे अमेरिकासहित १२ देश
New Office

काठमाण्डौ । सेयर बजार यस्तो ठाँउ हो जहाँ कमाईको कुनै सीमा हुँदैन । यो क्षेत्रमा लागेर अथाह कमाउनेको कमी छैन यहाँ ।कमाउने मात्रै नभई सेयरबजारबाट गुमाउने पनि उत्तिकै छैन । समग्रमा सेयर बजार कमाउने र गुमाउनेको जमात भन्दा अतिशयोक्ती नहोला ।  

यस्तै जमातमध्येका एक हुन्– माधव न्यौपाने । माधव न्यौपाने सेयर बजारका एक पुराना अनुभवी लगानीकर्ता हुन् । न्यौपाने पूँजीबजारमा २०६२/६३ सालतिर प्रबेश गरेका थिए । सेयरबजारमा लागेको २ दशकको अवधिमा उनले काठमाण्डौमा घर घडेरी र गाडी मात्रै जोडेका छैनन सेयर बजारकै कमाइबाट १२ वटा देश समेत घुमिसकेका छन् ।  

नागरिक स्टक डिलरको फराकिलो आँगनको सितल छहारीको गोलाकार कुर्चिमा भेटिएका न्यौपानेको मुहारमा सेयरबजारमा लागेकोमा पश्चातापको कुनै भाव थिएन । ‘सेयर बजार मलाई फलिफाप नै भयो । यहीबाटै कमाएको पैसाले मैले काठमाण्डौमा घडेरी किने’ न्यौपानेले सेयरबजार लागेपछिको प्रगतिबारे बताए । ‘सुरुमा दोस्रो बजारमा प्रबेश गर्दा म सँग जम्मा एक लाख रुपैयाँ मात्रै थियो । हिमालयन बैंक र बैंक अफ काठमाण्डौको सेयर किनेर म बजार प्रवेश गरे । यी कम्पनीमा थोरै नाफा खाएर सेयर बेचे’ उनले बेलिविस्तार लगाए ।  

Bizshala
CG Motors

यतिले मात्रै नपुग्ने सोचेर तत्कालिन मनाकामना विकास बैंकबाट १२ लाख जति कर्जा लिएर एनसीसी बैंंकको ६ हजार कित्ता सेयर प्रतिकित्ता २११ रुपैयाँमा खरिद गरेको विगत उनले सम्झिए । ‘त्यो सेयर मैले तीन गुणा फाइदा बनाएर ३६ लाखमा बेचे । त्यो पैसाले मैले फेरि सेयर किनेन । त्यो पैसाले मैले ललितपुर ४ मा घडेरी किने । त्यसपछि सेयर बजारबाट राम्रै हुने उत्साह जाग्यो,’ उनले सुखद विगत कोट्याए ।  

उनले केही समयपछि बजार घटेको मौका छोपेर फेरि सगरमाथा फाइनान्सबाट ५० लाख जति बीटी लोन लिएर चिलिमे हाइड्रोको सेयर प्रतिकित्ता ७०० जतिमा किने । यो कम्पनीको सेयर २७ सय पुगेको थियो । त्यो मुल्यमा उनले सेयर बेच्न सकेनन् । उनले त्यो सेयर पछि १७ सयमा बेचे ।  

त्यसैगरि, नबिल बैैक र एभरेष्ट बैंकको सेयर पनि प्रतिकित्ता ९÷९ सय जतिमा किनेर करिब २७ सयमा बिक्री गरेको उनी बताउँछन् । ‘त्यो समयमा सबै कर्जा चुक्ता गरेर ६० लाख जति बचत गरे । त्यो पैसाले ०७२ साल तिर घर बनाए,’ उनले भने ।  

न्यौपानेले सेयरबजारमा लागेसँगै मिठासँगै तिता पलहरु पनि संगालेका छन् । न्यौपानको अनुभवमा सेयरबजारमा फाइदा नै फाइदा हुन्छ भन्ने हुँदैन । एकपटक बजार उच्च विन्दुमा पुगेको बेला बढेको पोर्टफोलियोमा राम्रै नोक्सानी भएको अनुभव समेत उनीसँग छ । तर धैर्य गर्दा त्यो मुल्य कुनै न कुनै समयमा फेरि फर्केर आउने उनी बताउछन् ।  

उनी नयाँ लगानीकर्तालाई सेयर बजारमा मात्रै निर्भर नहुन सुझाव दिन्छन् । उनी आफूपनि केही प्रोजेक्टमा पार्ट टाइम काम गर्छन । उनको अनुभवमा पैसा मात्रै कमाउनु जिन्दगी होइन । पैसा कमाउनुका साथै जीवनजगतलाई बुझ्न भ्रमण गर्नुपर्ने उनको बुझाई छ । उनी विगत सात बर्षमा युरोप , एशिया, अमेरिका गरेर १२ देश घुमिसेकका छन् । न्यौपाने आगामी साता पनि परिवारसहित वन्युजन्तुको संसार अवलोकन गर्न दक्षिण अफ्रिका जाने तयारीमा छन् ।  

सेयरबजार निकै संवेदनशिल ठाँउ भएकाले ठोस योजना बनाएर मात्रै सेयर बजार प्रवेश गर्न उनी नवप्रवेशीहरुलाई सुझाव दिन्छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.