सोमबार, मंसिर ८,२०८२ 11:11:36
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:11:36
IME remit
Global IME Bank Limited

अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता, यी विषयमा जुट्यो सहमति

Hyundai Nepal
अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता, यी विषयमा जुट्यो सहमति
Shivam Cement

काठमाण्डौ । अमेरिकाले युरोपेली संघसँग व्यापार सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार यस्तो घोषणा गरेका हुन् । उनले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग व्यापार सम्झौता भएको जानकारी दिएका हुन् ।  

स्कटल्याण्डमा ट्रम्पको टर्नबेरी गल्फ रिसोर्टमा भएको महत्वपूर्ण बैठकपछि यो सम्झौता भएको हो। यो सम्झौता अगस्ट १ को म्याद भन्दा ठीक अगाडि भएको छ। दुवै पक्ष एकअर्काका सबैभन्दा ठूलो व्यापार साझेदार हुन्। कुल विश्व व्यापारको एक तिहाई यी दुईबीच हुन्छ।  

CG Motors
New Office
Garima Development Bank

‘हामीले एउटा सम्झौता गरेका छौं। यो सबैका लागि राम्रो छ,’ ट्रम्पले पत्रकारहरूलाई भने। उनले यसलाई दुवै पक्षको ठूलो जित भएको बताए। भोन डेर लेयनले पनि यो सम्झौतालाई युरोपका लागि राम्रो सम्झौता भएको बताइन् ।

तर, सम्झौताको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । तर अमेरिकी राष्ट्रपतिले सम्झौताबारे केही कुरा भनेका छन् । उनका अनुसार यो सम्झौताले अधिकांश ईयूका सामानमा १५ प्रतिशत सामान्य भन्सार लगाइ्रनेछ । युरोपले कुनै शुल्क नलाग्ने चाहेको थियो तर दुवैलाई हानिबाट जोगाउन यो सम्झौता गरिएको जनाइएको छ ।  

अमेरिकी राष्ट्रपतिले युरोपेली संघबाट अमेरिका आउने सामानमा १५ प्रतिशत भन्सार लाग्ने बताएका छन् । युरोपेली संघले अमेरिकाबाट ठूलो परिमाणमा सैन्य उपकरण खरिद गर्नेछ। यसले अमेरिकाबाट १५० अर्ब डलरको ऊर्जा खरिद गर्नेछ र ६०० अर्ब डलर लगानी गर्नेछ। यो सम्झौताले कृषिमा पनि प्रभाव पार्नेछ । सम्झौतामा कार र चिप्सबारे पनि छलफल भएको ट्रम्पको दाबी छ । स्टिल र आल्मुनियममा अहिले कुनै परिवर्तन हुनेछैन।

यदि सम्झौता नभएको भए ईयूले अमेरिकी सामानहरूमा १०९ अर्ब डलर प्रतिशोधात्मक कर लगाउने तयारी गरेको थियो। तर अब सम्झौता भएसँगै यस्तो हुने छैन । ट्रम्प प्रशासनले यस कार्यकालमा हस्ताक्षर गरेको यो पाँचौं व्यापार सम्झौता हो।  

यसअघि अमेरिकाले बेलायत, जापान, इन्डोनेसिया र भियतनामसँग पनि सम्झौता गरेको थियो । भारतलगायतका अन्य देशहरुसँग सम्झौताका लागि पनि छलफल भइरहेको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.